नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नाफाबाट सरकारलाई १० अर्ब लाभांस दिने
Thursday Jan 30, 2020
वि.सं.२०७६ माघ १६ बिहीवार १४:०३

७६काठमाडौं,१६माघ : नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको नाफाबाट सरकारलाई १० अर्ब लाभांस दिने भएको छ । राष्ट्र बैंकले गत वर्ष ३५ अर्ब १३ करोड रुपैयाँ नाफा गरेको थियो । सोही नाफाबाट सरकारलाई १० अर्ब रुपैयाँ लाभांश दिन लागेको हो ।
बैंकले गत वर्षको नाफाबाट पुनर्कर्जा कोषको रकम समेत बढाउने तयारी गरेको छ । त्यस्तै राष्ट्र बैंकले फ्रिज भएर बसेको सरकारी पैसालाई पनि पनि पुनर्कर्जामार्फत उत्पादनमूलक क्षेत्रमा लगानीविस्तार गर्ने बारेमा पनि छलफल सुरु गरेको छ ।

राष्ट्र बैंकले गत वर्षमात्रै १० अर्बको पुनर्कर्जा कोषलाई २० अर्ब पु-याएको थियो । बैंकहरुले लगानी गर्ने पैसा कम भएको बताउँदै आएपछि राष्ट्र बैंकले पुनर्कर्जा कोषको रकम वृद्धि गर्दै आएको छ ।





























