सिभिल बैंकको नयाँ शाखा बाराको कलैयामा
Thursday Feb 13, 2020
वि.सं.२०७६ फागुन १ बिहीवार १२:१८

७६ काठमाडौं, १फागुन: समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा बिशेष महत्व दिने रणनीति अनुरुप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।
बिहीबार एक कार्यक्रमका बीच सिभिल बैंकका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको उद्घाटन गरे। सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसीटीभी क्यामेरा प्रदान गरियो ।

कार्यक्रममा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तीय क्रान्तिमा लाग्न सुझाब दिए । आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे ।
सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ।





























