CG Electronics
IME Life
Ncell NPL

वरिष्ठ उपाध्यक्ष चयन हुने सहमतिमा सम्भावना : नेपाल उद्योग बाणिज्य महासंघ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
नीरज रञ्जित

 ७६काठमाडौं,७चैत: बिस लाख उद्यामी व्यवसायीहरुके संगठन नेपाल उद्योग बाणिज्य महासंघको यहि चैत्र २८ र २९ गते हुने भनिएको ५४ औं साधारण सभा र नेतृत्व चयन सम्वन्धी निर्वाचन कार्यक्रम कोरोना भाइरसको महामारीका कारण एक महिना सात दिन पर सरेर आगामी २०७७ जेठ ८ र ९ गते काठमाडौ हुने गरि हिजो सम्पन्न महासंघको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन पूर्व सतर्कता अपनाउन गत चैत्र ५ गते २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेपछि महासंघले आफ्नो ५४ औं साधारण सभा प्रभावित भएको भन्दै आगामी जेठमा साधारण सभा निर्वाचन कार्यक्रम सारेको हो ।
महासंघको ७७ जिल्लामा उद्योग बाणिज्य संघ, ३५६ नगरपालिकामा नगर उद्योग बाणिज्य संघ, ७ प्रदेशमा प्रदेश बाणिज्य संघ,दुई दर्जन द्धिराष्ट्रिय उद्योग बाणिज्य संघ,तीन दर्जन भन्दा बढी वस्तुगत संघ र चार सय भन्दा बढी प्रतिष्ठानहरु सदस्य रहेका छन ।

यी संगठनहरुबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधी साधारण सभा र निर्वाचन कार्यक्रममा सहभागी हुने छन । महासंघको यस पटक नेतृत्वका लागि निर्वाचन हुँदैछ । महासंघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था भएकाले अध्यक्ष बाहेकका अरु पदमा निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, एशोसिएटस उपाध्यक्ष सहित चार दर्जन कार्यकारिणी निर्वाचनबाट निर्वाचित हुने छ ।
अध्यक्षमा निर्वाचन नहुने व्यवस्था भएपछि अब वरिष्ठ उपाध्यक्षमा तिव्र प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी घोषणा गर्दै देशव्यापी भेटघाट थिव्र पार्दै आएका छन ।

वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार महासंघको नेतृत्वका लागि आवश्यक भएको उद्यमी व्यवसायीहरुले बताउँदै आएका छन । ढकाललाई समर्थन गरेर प्रधानलाई जिल्ला नगर उपाध्यक्ष दोहो¥याउने सहमति गर्न चारैतिरबाट दवाव भैरहेको बुझिएको छ ।
जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएटस उपाध्यक्षमा सक्षम उम्मेदवारको खोजी भैरहेको छ ।

उपाध्यक्षमा आधा दर्जन उद्यमी व्यवसायीहरु आकंक्षी देखिएका छन । पदम ज्योतीले आफ्नो छोरा सौरभ ज्योतीलाई एशोसिएटस उपाध्यक्षमा उठाउन खोजी रहेका छन । महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान, पदम ज्योती, रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपराज पाण्डे, सुरज बैद्य, पशुपति मुरारक र वर्तमान अध्यक्ष भवानी राणा सहमति मै वरिष्ठ उपाध्यक्ष चयन गर्ने पक्षमा रहेर सहमति खोजि रहेकाले आगामी वैशाख भित्र महासंघमा सहमति हुन सक्ने प्रवल सम्भावना रहेको छ ।

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...