मुख्य खबर

डब्ल्यूएचओको अपिलस् नेपालमा कोरोना महामारी जटिल बन्दै

  • आर्थिक प्लस संवाददाता

    २०७७ असार ८ गते, सोमबार २३:०९ मा प्रकाशित

काठमाडौं –विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाएसँगै कार्यालयहरू सञ्चालनमा आएस€गै मानिसहरूको भेटघाट तथा जमघट तिब्र रुपमा बढेको भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले महामारी अझै पनि छ र हामी अझै संक्रमित हुन सक्छौं त्यसैले होसियार हुनु जरुरी रहेको जानकारी गराए ।

लकडाउन खुकुलो भएसँगै संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने भन्दै भिडभाडमा नजान, जानै परेपनि भौतिक दुरी कायम गर्न र मास्क तथा बेलाबेलामा साबुन पानीले हात धुन समेत आग्रह गरे ।

डब्ल्यूएचओका भ्यान्डेलरले भाइरस नियन्त्रणका लागि लकडाउन एउटा उपाय थियो भने अर्को उपाय नियमहरूको उचित पलना गर्नुपर्ने बताएका छन् ।

http://noc.org.np/