महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको लागि ३ लाख सहयोग
Tuesday Jun 23, 2020
वि.सं.२०७७ असार ९ मंगलवार २१:३८

काठमाडौं – महालक्ष्मी विकास बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न। ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न। ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्याललाई कुल ३ लाख १५ हजार रुपैयां सहयोग गरेको छ ।
बैकंले विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश। रु। एक लाख पचास हजार ९रु।१,५०,०००० रुपैया र रु। एक लाख पैसठ्ठी हजार ९रु।१,६५,०००० रुपैया आर्थिक सहयोग प्रदान गरेको हो ।
असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुली ज्यूले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाल ज्युलाई रु। एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरी मिति असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु। एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।























