CG Electronics
IME Life
NIMB

सामाजिक सञ्जालमा यी कुरा ध्यान दिनुस्, साइबर क्राइम लाग्ला:प्रहरी

NIMB
Himalayan Bank

काठमाडौं –नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट साइबर क्राइमका घटना बढ्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगकर्ताले केही विशेष कुरामा ध्यान दिन आग्रह गरेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा के के कुरामा ध्यान दिने रु

– सामाजिक सञ्जालमा प्रयोग गर्ने एकाउन्टहरुको पासवर्डमा अङ्क, अक्षर र संकेत शब्दहरु समेत मिलाएर प्रयोग गरौं । सिधा अक्षको ठाउँमा केही संकेतहरुको प्रयोग गर्नु उचित हुन्छ । यसले आफ्नो एकाउन्ट थप सुरक्षित हुन्छ ।

–आफ्नो पासवर्ड कोही कसैसँग सेयर नगरौं ।

–आफूले नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट सकेसम्म स्वीकार नगरौं ।

–अपरिचित व्याक्तिले पठाएको म्यासेजमा कुनै लिंक छ भने त्यसमा क्लिक नगरौं र सो म्यासेजलाई मार्क एज स्पाम गरौं ।
–आफ्नो व्यक्तिगत विवरण जस्तै बैंक खाता नम्बर, फोन नम्बर, राहदानी,नागरिकता, मतदाता परिचयपत्र नम्बर वा सोको फोटोहरु सेयर नगरौं ।

–आफ्नो तस्बिर वा भिडियोहरु शेयर गर्दा आफूले चाहेको साथी वा व्यक्तिले मात्र हेर्न, कमेन्ट गर्न मिल्ने गरी सेयर गरौं । यसका लागि आफ्नो सामाजिक सञ्जालको प्राइभेसी सेटिङ मिलाऔं ।

–इन्टरनेटमा देखिएका सबै सत्य र असल नहुन पनि सक्छ । च्याट,कमेन्ट,म्यासेजको आधारमा मात्र सबैसँग नजिक हुने वा भेट्न जानु जोखिमपूर्ण पनि हुन सक्छ ।

–आफूले प्रयोग गर्ने मोबाइल, कम्प्युटर बाहेक जुन पायो त्यही उपकरणबाट ईमेल वा सामाजिक सञ्जाल लग इन नगरौं । यदि अत्यावश्यक परेर लग इन गर्नु परेमा लग इन पश्चात् लग आउट गरौं ।

–सामाजिक सञ्जाल हामीलाई एक आपसमा जोड्नको लागि हो । कुनै पनि जाति,धर्म,वर्ण, लिङ्ग वा सम्प्रदायप्रति लक्षित तस्विर, भिडियो लिङ्क, ट्यागहरु क्लिक गरेर, प्रतिक्रिया दिएर, सेयर गरेर यसको गलत प्रयोग नगरौं । यस किसिमका सामग्रीलाई तत्काल रिपोर्ट गरौं ।

–च्याट, कमेन्ट गर्दा सभ्य भाषा प्रयोग गरौं ।

–आफ्ना साथी वा प्रेमी प्रमीकाहरुसँग आफ्नो व्यक्तिगत गोप्य तस्विरहरु आदानप्रदान नगरौं । कुनै पनि सम्बन्धको निश्चित सिमाना कायम राखौं ।

–कसैले नराम्रो असभ्य वा अश्लिल फोटो,भिडियो,म्यासेज पठाएमा आफ्नो अभिभावकलाई खबर गरौं । प्रहरीकहाँ कसरी खबर गर्ने आफू पनि सिकौं र साथीहरुलाई पनि भनौं ।

–विद्युतीय वा साइवर अपराधको प्रमाण सजिलै नष्ट गर्न सकिने भएकोले प्रहरीमा रिपोर्ट गर्दा त्यस्ता सामग्रीको स्क्रिन सट र त्यस्ता व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनुपर्छ ।

–अकाउन्ट सुरक्षाको दृष्टिकोणले त्धय ँबअतयच ब्गतजभलतष्अबतष्यल को प्रयोग गरौं । जस्तै एकाउन्ट लगइन गर्दा पहिला तपाईको फोनमा म्यासेज आउने र सो कोड प्रयोग गरेर मात्र ईमेल वा सामाजिक सञ्जाल लग इन गर्न सकिने ।

–ईमेल वा सामाजिक सञ्जालको कुनै पनि खाताको रिकभरी अप्सन मा आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर पनि प्रयोग गर्नुहोस् । यदि आफूले प्रयोग गरिरहेको र सो खाताको रिकभरी अप्सनमा रहेको मोबाइल नम्बर कुनै कारणवश परिवर्तन गर्नुपरेमा, हराएमा सामाजिक सञ्जालमा प्रयोग भएको सो मोबाइल नम्बर पनि परिवर्तन गर्न नभुलौं ।

–यदि कुनै ईमेल खाता प्रयोग गरेर फेसबुक, ट्विटर, ईन्स्टाग्राम,स्न्याप च्याट आदि खोल्नु भएको छ भने सबै ९सोसियल मिडियारईमेल० एकाउन्टमा एउटै पासवर्ड प्रयोग नगरौं । ईमेल पनि समय समयमा चेक गरौं ।

–बाबु, आमा,अभिभावकहरु आफ्नो सन्तानको सामाजिक सञ्जालमा साथी बनेर जोडिनुहोस् ताकि उनीहरुको क्रियाकलापको जानकारी होस् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...