Nabil Bank
prabhubank
nic bank

एनआईसी एशिया लघुवित्तको आईपीओले तेश्रो दिन सम्ममा २ लाख ९० हजार आवेदन परे

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं – कोरोना भाइरसको संक्रमणको बेला पनि एनआईसी एशिया लघुवित्तको आईपीओले निकै राम्रो प्रतिक्रिया पाएको छ । आईपीओ खुलेको तीन दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा २ लाख ९० हजार आवेदन परेको छ ।

कुन दिनसम्म कत्ति पर्यो आवेदन ?
पहिलो दिनसम्म : ७५ हजार आवेदन
दोश्रो दिन सम्म : १ लाख ९९ हजार आवेदन
तेश्रो दिन सम्म : २ लाख ९० हजार

प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ  । उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ।

अहिले सम्म २ लाख ९० हजार जनाले आवेदन दिएका छन् भने ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अन्तिम दिन सम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा धेरै लगानीकर्ताले आवेदन दिए भने केही लगानीकर्ताको हात रित्तो हुने सम्भावना पनि हुन्छ । त्यस्तै अन्तिम दिनसम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा थोरै लगानीकर्ताको आवेदन पर्यो भने सबैलाई दश कित्ता शेयर भागमा पर्ने र  केहीलगानीकर्तालाई गोलाप्रथाबाट २० कित्ता शेयर पर्ने सम्भावना पनि छ ।

शनिवार र आईतबार आवेदन दिने समय बाँकी छ । शनिवार मेरो शेयरबाटमात्र आईपीओमा आवेदन दिए पनि आईतबार आवेदन दिने संख्यामा निकै राम्रो चाप आउँन सक्छ । त्यस्तै उपलब्ध भएको संख्यामा केहीको आवेदन रद्ध हुन सक्ने सम्भावना पनि छ।

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...