CG Electronics
IME Life
NIMB

स्वास्थ्य सामाग्री हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे ।
प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, सेनिटाइजर, चस्मा र पन्जा रहेका छन् । कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी उच्च सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् ।

स्व. सिंहको शोकमा सम्पूर्ण कार्यालय बन्द

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव स्व. राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय सोमबार बन्द गरिने भएको छ । स्व. सिंहको शोक सभामा राखेपअन्तर्गत केन्द्रीय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द गर्ने जानकारी गराइएको हो ।
सो अवसरमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रुपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरे ।
त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित शोक सभामा सदस्य–सचिव सिलवालसहित वरिष्ठ अधिकृत कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारीलगायतले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सिंहको गत शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको थियो । राखेपका सातौं सदस्य–सचिव रुपमा सिंहले २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हालेका थिए

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...