CG Electronics
IME Life
NIMB

अर्थ मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जोखिम भत्ता रोक्यो

NIMB
Himalayan Bank

काठमाडौं – कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तीन महिना बित्दा पनि सरकारले घोषणा गरेको जोखिम भत्ता पाएका छैनन् । अर्थ मन्त्रालयले भत्ताका लागि बजेट निकासा गरेको छैन ।

सरकारले चैतको दोस्रो साता स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन कामको प्रकृतिअनुसार चार तहमा विभाजन गरी भत्ता दिने निर्णय गरेको थियो । न्यूनतम तलबको शतप्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र दैनिक तीन सय रुपैयाँ खाजा खर्च दिने निर्णय भएको थियो ।

नेपाल प्रहरीले ५० हजार र सशस्त्र प्रहरीले २६ हजार जनशक्तिका लागि भत्ता माग गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले ९ चैतदेखि २० जेठसम्मका लागि एक अर्ब ३४ करोड र सशस्त्रले ८६ करोड मागेको छ । नेपाली सेनाले पनि २४ हजार जनशक्ति खटिएको भन्दै त्यहीअनुसार भत्ताको माग गरेको छ ।

स्रोतका अनुसार स्वास्थ्यकर्मीको भत्तामा मात्र मासिक एक अर्ब खर्च हुने देखिएको छ । देशैभर संक्रमण फैलिएकाले ७७ जिल्लाकै कर्मचारीले जोखिम भत्ताको माग गरेका छन् । स्वास्थ्य मन्त्रालयमातहत करिब २९ हजार कर्मचारी छन् । यद्यपि, क–कसलाई भत्ता दिने भन्नेमा निर्णय नै भइनसकेकाले मन्त्रालयले बजेट माग गरिसकेको छैन ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार कार्यविधिमा कतिपय कुरा छुटेपछि संशोधन गर्न लागिएको छ । कार्यविधि संशोधन गरेपछि भत्ता प्रक्रिया अघि बढाइने उनले बताए । विगतमा आइसोेलेसन सेन्टर तथा होम क्वारेन्टाइनमा खटिनेको सम्बन्धमा प्रस्ट नभएकाले संशोधन गर्न लागिएको उनको भनाइ छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ जारी भएको छ । जसमा चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवाप्रदायक, एम्बुलेन्सचालक र सहायक, सुरक्षाकर्मी, सरसफाइमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारीले पनि भत्ता पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, कुनै कार्यालय प्रमुखले आफ्ना कर्मचारी प्रत्यक्ष रूपमा खटिएको प्रमाणित गरेर पठाएमा भत्ता दिइनेछ । पछिल्लो समय सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङका लागि समितिहरू बनेका छन् । त्यसमा रहेकाले पनि भत्ता पाउने छन् ।

आइसोलेसनमा रहेकाको उपचार, नमुना संकलन र प्रयोगशालामा प्रत्यक्षमा खटिएका स्वास्थ्यकर्मी तथा संक्रमितलाई ‘रिसिभिङ’ गर्ने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने व्यवस्था छ ।

आइसोलेसनमा बिरामीको उपचारमा अप्रत्यक्ष रूपमा खटिएका तथा इमेजिङ सेवाका कर्मचारीलाई ७५ प्रतिशत तथा हेल्थ डेस्कमा कार्यरत र नमुना ओसारपसारमा संलग्नलाई ५० प्रतिशत भत्ता तोकिएको छ ।

सुरक्षाकर्मीको हकमा प्रत्यक्ष रूपमा खटिएका बाहेक लकडाउन कार्यान्वयनमा खटिएकालाई दैनिक तीन सय रुपैयाँका दरले खाजा खर्च दिने निर्णय भएको छ । यस्तो भत्ताको दुरुपयोग हुन नदिन मन्त्रालयले अनुगमन गर्ने व्यवस्था आदेशमा छ ।

महिनामै दुई अर्ब खर्च हुने भएपछि अर्थ मन्त्रालय दबाबमा

जोखिम भत्तामा आकलन गरिएभन्दा धेरै खर्च हुने देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । सुरक्षा निकायले कार्यालयमै कार्यरतलाई पनि फिल्डमा खटिएको भनेर धेरै संख्या पठाएको भन्दै मन्त्रालयले असन्तुष्टि जनाएको छ । त्यही कारण बजेट निकासामा ढिलाइ भएको स्रोत बताउँछ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने सरकारको निर्णयअनुसार पाउनुपर्ने सबैलाई भत्ता वितरण हुने बताए । ‘भत्ताको मागमाथि अध्ययन भइरहेको छ, राज्यको स्रोत थोरै छ, पाउनैपर्नेबाहेक अरूले दाबी नगरून् भन्ने हाम्रो भनाइ हो,’ उनले भने ।

जोखिम भत्तामा मासिक करिब दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । लकडाउन लामो समयसम्म जाने सम्भावना रहेको र अहिलेको मागअनुसार जोखिम भत्ता वितरण गर्न नसकिने भन्दै अर्थले भत्तासम्बन्धी कतिपय प्रावधान संशोधन गर्न छलफल थालेको छ । कोरोना संक्रमणका कारण राजस्व घट्ने भएपछि सरकारले कर्मचारीका अन्य भत्ता साउनदेखि खारेज गर्ने निर्णय गरिसकेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...