nic bank
himalayan everesat
Nmb bank

मालपोत कार्यालयका लेखापालको बैंक खातामा भेटियो  तीन करोड

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं –मालपोत कार्यालय बारामा कार्यरत एक लेखपालको बैँक खातामा करिब ३ करोड रुपियाँ मौजाद रहेकाे पाइएपछि अख्तियारको फन्दामा परेका छन् । गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज सोमबार मद्दा दायर गर्ने क्रममा उनको नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरा शाखाको खातामा २ करोड ७६ लाख ४४ हजार रुपियाँ मौज्दात रहेको तथ्य सार्वजनिक भएको हो ।

त्यसबाहेक उनकाे नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा ११ लाख ३९ हजार पन्ध् रूपियाँ माैजाद रहेकाे पाइएकाे छ । यसअघि लकडाउन सुरू भएकाे दिनमा उनको घरकोठाबाट २४ लाख ९२ हजार रूपियाँ नगद बरामद गरिएकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रापअन द्वितीय श्रेणीमा प्रवेश गरेका ठाकुर सहलेखापाल पदमा नियुक्ति भई २०७२ साल वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपियाँ बराबरको सम्पत्ति गैरकानूनीरुपमा आर्जन गरेको पाइएको हाे ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहँदा ३ करोड १५ लाख ७५ हजार १६ रुपियाँ बराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको छ । स्रोत खुल्न नआएको ३ करोड ४ लाख ९४ हजार ३ सय आठ रुपियाँ बराबरको सम्पत्ति अवैध रहेको आयोगले ठहर गरेको छ ।

यस्तै आयोगले ठाकुरका नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा रहेको मौज्दात २ करोड ७६ लाख ४४ हजार रुपियाँसमेत जफत गर्न माग गरेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।(nepalsamaj.com)

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...