मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
Saturday Jul 25, 2020
वि.सं.२०७७ साउन १० शनिवार १५:२४

काठमाडौं: शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ ।
अघिल्लो वर्षहरुमा वैशाख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्परा रहि आएको थियो ।
यस वर्ष कोभिड–१९ का कारण असार १० गते पुल्चोकमा रथ निर्माण कार्य सुरू गरि साउन १० गते मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको छ ।
यस वर्ष कोरोना महामारीका कारण रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल पुर्याउने परम्पराको विषयमा टुंगो नलागेको स्थानियले बताए ।
२० जना भन्दा बढी मानिस सहभागी नहुन ज्यापु समाजले गरेको अनुरोध अनुसार थोरै मानिसको सहभागितामा रथारोहण सम्पन्न भएको अध्यक्ष चन्द्र महर्जनले बताए ।






















