मुख्य खबर

हिमालय एअरलाइन्सद्वारा स्वास्थ्य सामाग्री सहयोग

  • २०७७ श्रावण ११ गते, आईतवार १८:२८ मा प्रकाशित

काठमाडौं – कोरोना रोकथाम र नियन्त्रण गर्न संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित प्रतिबद्धताको हिस्साका रुपमा हिमालय एअरलाइन्सले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

 

एअरलाइन्सले गत हप्ता आम्दा अस्पताल दमकलाई पोर्टेबल भेन्टिलेटर सहित अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र गुल्मीलाई पीसीआर उपकरण सहयोग गरेको छ ।

 

एअरलाइन्सले गत शुक्रबार आम्दा अस्पताल दमकलाई १ पोर्टेबल भेन्टीलेटर सहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीइ सेट, ५ सय थान एन-९५ मास्क, २ हजार जोर सर्जिकल मास्क, ५ हजार जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ ।

 

एअरलाइन्स्ले सहयोग जारी राख्दै शनिबार पीसीआर – एनएई-३२, आइसीटिओबी-१६ उपकारण, ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५ हजार  जोर डिस्पोजेबल पन्जा कोभिड – १९ संकट व्यवस्थापन संचालन केन्द्र गुल्मीलाई हस्तान्तरण गरेको छ ।

 

नेपाल सरकारको कोरोना रोकथाम कार्यमा सहयोग गर्न र राष्ट्रलाई हर सम्भव तवरले मद्दत गर्न हिमालय एअरलाइन्स प्रतिबद्ध रहेको अध्यक्ष झोउ एन्योगले बताउनु भयो ।

http://noc.org.np/