CG Electronics
IME Life
NIMB

एनसेलले पुल्चोक क्याम्पसलाई २४ लाखको चेक हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं – एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गत पुल्चोक क्याम्पसलाई २४ लाखको चेक हस्तान्तरण गरेको छ । कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार रकम रु २४ लाखको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो । सो नगद रकम एनसेलका प्रतिनिधीले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा।डा। लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् ।

‘‘एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ । मेहनती र जेहनदार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेल प्रति सधै आभारी छौं, ” क्याम्पस प्रमुख प्रा।डा। पौडेलले भने । “कोभिड–१९ ले सिर्जना गरेको परिस्थितीले गर्दा औपचारिक कार्यक्रम सम्भव नभएपनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं ।”

पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गरिन्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ ।

विगत ७ वर्ष देखि प्रदान गरिदै आएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमका बारेमा आफ्नो अनुभव साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्ने यस कार्यक्रमको सहकार्यका लागि हामी पुल्चोक क्याम्पस र यस क्याम्पसका आदरणीय प्राध्यापकहरु प्रति आभारी छौं । यो वर्षको छात्रवृत्ति र उत्कृष्टता सम्मान पाउने सबै विद्यार्थीहरुलाई बधाई दिन चाहन्छौं । व्यवसायिक सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको अभिन्न अंग रहँदै आएको छ र यसै अन्तर्गत ईन्जिनियरिङ्ग विधामा युवा प्रतिभाको प्रोत्साहन गर्ने एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई २०८० सालसम्म निरन्तरता दिन पाएकोमा हामी धेरै खुसी छौं । शिक्षा क्षेत्रलाई विशेष ध्यान दिएर हाम्रा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।”

यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले प्रत्येक वर्ष ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ । गतवर्ष एनसेलले २०८० साल सम्म यी पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्र्न ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यस अघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान गरी रु ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १र१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गर्ने गरिन्छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...