CG Electronics
IME Life
NIMB

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा ब्रान्डका कारको सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ ।

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ ।

‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् ।

नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...