सन नेपाल लाइफद्वारा बीमा दावी रकम भुक्तानी
Thursday Jul 30, 2020
वि.सं.२०७७ साउन १५ बिहीवार ००:१९

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले श्रावण १४ गते कैलारी गा.पा. वडा नं.–०४ कैलाली स्थीत मृतकको घरमै गई मृत्युदावी रकम भुत्तानी गरेको हो । बीमित जना कुमारी चौधरीले बार्षिक १ किस्ता १४ हजार ८ सय ४० रुपैयाँ भुक्तानी गरी बीमाङ्क २ लाख २० हजार रुपैयाँको बीमा गरेको थियो ।
कम्पनीले मृतकको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम दुई लाख सत्ताईस हजार सात सय रुपैयाँको चेक कैलारी गा।पा।वडा नं।–०४ का।बा। वडा अध्यक्ष मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीद्धारा संयुक्त रुपमा भुक्तानी गरेको हो ।
























