CG Electronics
IME Life
NIMB

यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं – यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो…’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो…’को भिडियो सार्वजनिक भएको हो ।
लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य भूमिका रहेको छ भने अन्य कलाकार मा ठण्डबहादुर अधिकारी, योगगुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र भीष्मराज फुलारा समेतको अभिनय रहेको छ ।
संसारलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक गरिएको छ ।

फुलारा लिटरेचर फाउण्डेसन नेपाल र द ल अफिसेस अफबाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको गीतको भिडियोमा वीरेन्द्र भट्टको छायाँकन रहको छ भने उर्मिला लामाको श्रृङ्गार रहेको छ । व्यवस्थापन पक्षको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने स्वराङ्कन गणेश सुवेदीको रहेको छ ।
‘यतिवेला विश्व नै कोरोना कहरमा छ । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि भन्दै विगत चार महिना ‘लकडाउन’ गरियो । यसले दैनिक जनजीवनलाई कष्टकर बनायो । देश तथा विदेशमा रहेका क्यौं नेपालीले समेत यो भाइरसका कारण ज्यान गुमाउनु प¥यो र परिवारसँग टाढा हुन बाध्य बनायो । यही कहरलाई गीत मार्फत प्रस्तुत गरेको छु’, साहित्यकार तथा गीतिकार फुलाराले भने ।
फुलाराको यसअघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौं…’ सार्वजनिनिक भएको थियो । फुलराका यसअघि सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...