CG Electronics
Ncell NPL
NIMB

बीमा समितिद्वारा सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  बीमा समितिले आजदेखि सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । समितिले आज पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीलाई सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

अर्थमन्त्रालयले हिजो सो सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले आजदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७र ७८ को बजेट बक्तव्यको बुदा ५५ र२८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागु गरेको हो ।

कोरोना बीमालेख
विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको बीमा कोरोना बीमालेख हो

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क
यस बीमालेख अन्तर्गत एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ । एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ । यदि संगोलमा बसेका परिवारका सम्पुर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरिएको छ ।

नेपाल सरकारबाट अनुदान
सरकारी कर्मचारीहरुको कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ । नेपाल सरकारको चालु आथिृक वर्षको बजेट बक्तव्य अनुसार आम जागरिकले गर्ने सामुहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । यो बीमालेख सुविधा कुनै पनि परिवारले एउटा कम्पनीबाट एक पटकका लागि मात्र पाउनेछ । साथै, बीमालेखको अवधि २०७८ साल असार मसान्तसम्म मात्र लागु हुने छ ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...