पहिलोपल्ट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा ओलम्पियाडको प्रतिष्पर्धामा उपस्थिति जनाए
Saturday Aug 08, 2020
वि.सं.२०७७ साउन २४ शनिवार २१:५३

काठमाडौं – बिज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाड बारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताको लागि दायरा बढाउने अभियान अन्तर्गत स्टेम फाउन्डेसन नेपालले सातै प्रदेशमा “First Digital Seminar on International Olympiads” सेमिनारको आयोजना गर्ने भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, NAST को सहकार्य तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा सेमिनारलाई सातैप्रदेशमा आयोजना गरिने भएको छ।
विज्ञान शिक्षक समाज नेपाल – STAN, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र – RECAST, Uniglobe कलेज, Virinchi कलेज, PABSON, N-PABSAN, Everest World School गरी ७ विभिन्न संघसंस्थासँगको सहकार्यमा देशभर सातै प्रदेशमा एक-एक दिने सेमिनारको आयोजना गरिने भएको हो।
Event Name: “1st Digital Seminar on International Olympiads 2020”
Registration Link:
https://docs.google.com/forms/d/18VJvIKh6o3Ay8L2fIdw6RjrJ-orsg94uJBCItXePE9g/edit
रजिष्टर गर्नको लागि स्टेम फाऊन्डेसन नेपालको वेब्साइट तथा फेसबूक पेजमा पनि माथिको रजिस्ट्रेसन उनुहुन्छ।
प्रदेशगत सेमिनार मिति:
Province 1: August 10 (श्रावण २६)
Province 2: August 14 (श्रावण ३० )
Gandaki Province: August 16 (श्रावण ३२)
Province 5: August 18 (भाद्र २)
Karnali Province: August 20 (भाद्र ४ )
Sudur Paschim Province: August23 (भाद्र ७)
Time: 12:30 PM – 3:30 PM
(GMT+5:45 Nepal Time)
Organized by:
STEM Foundation Nepal
Endorsed by:
Ministry of Education, Science & Technology
Nepal Academy of Science & Technology
Our partner Organizations,
STAN, RECAST-TU, PABSON, N-PABSAN, Virinchi College, Uniglobe College, Everest World School

भौतिक विज्ञान विषयबाट पहिलोपल्ट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा ओलम्पियाडको प्रतिष्पर्धामा उपस्थिति जनाएको हो। त्यसपछि गणित, खगोलशास्त्र हुँदै जीव विज्ञान, रसायनशास्त्र हुँदै एकदर्जन जति अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको उपस्थिति रहेको छ। स्टेम फाउन्डेसन नेपाल र यसका संस्थापक अध्यक्ष एबम् ओलम्पियाड अभियन्ता, सर्जन बिसी मार्फत नेपालमा अधिकतम अन्तर्राष्ट्रिय ओलम्पियाड भित्रिएका छन्। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरी विद्यार्थीहरूको मनोबल उच्च राख्दै धेरै सम्मान, पुरस्कार र पदक समेत हात पारेको छ। विगतमा विज्ञान विषयमा मात्र सहभागिता जनाईदै आएकोमा हाल आएर अन्य विषयका ओलम्पियाडमा समेत राम्रो सहभागिता रहेको छ।
यस सेमिनारमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननीय गिरीराज मणि पोखरेल ज्यु, प्रदेश सरकार, सामजिक बिकास मन्त्रालयका मननीय मन्त्रिज्युहरु, नेपालमा Olympiad को Ambassador पूर्व बिज्ञानमन्त्री Er. Ganesh Shah, ओलम्पियाडमा नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउने प्रा. डा. सीतारामब्याहुत, नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिब डा. सञ्जय शर्मा, सह-सचिब सुरेन्द्र सुबेदि, लगायत सबै साझेदार सस्थाका प्रतिनिधिहरु समेत सबैको उपस्थिति हुनेछ। सबै प्रदेशका सेमिनारमा विदेशका बिभिन्न अन्तर्राष्ट्रिय ओलम्पीयाड बाट अन्तर्राष्ट्रिय अतिथिहरुको समेत सहभागिता रहनेछ।
सन् १९५९ मा रोमानियाबाट गणित विषयमा ओलम्पियाडको शुरूवात त्भएको थियो तर नेपालले निकै ढिलो गरेर सन् २००६ मा मात्र भौतिक विज्ञान विषयबाट अन्तराष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाएपनि सन् २०२० सम्म आईपुग्दा सम्पूर्ण अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ। हाम्रा प्रतिभाशाली विद्यार्थीले विभिन्न विषयमा नेपाललाई कास्यपदक समेत दिलाई सकेका छन भने अब स्वर्ण पदकको आशा राखेकाछौं। कुनै विषय मा त पहिलो प्रयासमा नै कास्य जित्न सफल भईसकेका छौं।
अन्तर्राष्ट्रीय ओलम्पियाडमा विषयगत रूपमा ४ देखि ६ जनाले सहभागिता जनाउन सक्नेछन जसको लागी राष्ट्रिय प्रतियोगिता अनिवार्य हुन्छ। हरेक विषयगत राष्ट्रिय प्रतियोगिता का लागि नेपालमा विभिन्न संस्था र समाज क्रियाशील छन जसलाई नेपाल सरकारले प्रक्रियागत सहयोग गरेकोछ भने नेपाल सरकार का निकाय तथा अन्य संघ-संस्थाहरूले समेत सहयोग उपलब्ध गराउन थालेको जानकारी गराउन पाउँदा खुशी लागेको छ।
8 वटा बढी विषयगत ओलम्पियाड गराउँदै आएको STEM Foundation Nepal को आयोजना र पहलमा गरिने यस सेमिनारबाट देशभरका अधिकतम विद्यार्थीले लाभ लिन सक्नेछन्।
स्टेम फाउण्डेसन नेपालले भर्खरै विज्ञान शिक्षक समाज नेपाल – STAN सँगको सहकार्यमा नेपाल जुनियर साईन्स ओलम्पियाडको आवेदन खोलेको र गतिविधि अघि बढाएको जानकारी समेत गराउन चाहन्छौं।
विज्ञानलाई जनमानसमा पुर्याई विद्यार्थीलई फाईदा पुर्याउने यस्ता ओलम्पियाडले देशको ईज्जत बढाउनुको साथै देशमा विषयगत बलिया जनशक्तिको उत्पादनमा सहयोगी बन्नेछ। तसर्थ सबैतिर जनचासो बढाउन शुरूभएको यस्ता कार्यक्रमको हौसला बढाई बालबालिका मार्फत देशलाई विश्वसामू चिनाउने अभियानको साक्षी रही दिन हुन हार्दिक आह्वान गर्दछौं।
























