CG Electronics
IME Life
NIMB

अव वाणिज्य बैंकका सबै शाखाले सजिलै विदेशी मुद्रा कारोवार गर्न पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं –  अव वाणिज्य बैंकका सबै शाखाले सजिलै विदेशी मुद्रा कारोवार गर्न पाउने भएका छन । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ ।

अव वाणिज्य बैंकका शाखाले विदेशी मुद्रा कारोवार गर्दा छुट्टै स्वीकृती लिनुपर्देन । पहिले वाणिज्य बैंकका शाखाहरुलेपनि विदेशी मुद्रा कारोवार गर्दा छुट्टै स्वीकृती लिनुपर्ने थियो ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो । बैंकहरुले विदेशी मुद्रा कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटै अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ ।

विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र प्राप्त गर्न सम्बद्ध बैंकले एकमुष्ट रुपैयाँ ५ लाख रुपैयाँ बुझाउनुपर्छ । यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ केन्द्रीय बैंकलाई बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद–बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षका लागि अनुमतिपत्र दिनेछ । विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान वा क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...