Nabil Bank
prabhubank
nic bank

बिचौलियाका कारण महंगो भएको भन्दै भाटभटेनी सुपरमार्केटले ८५० रुपैयाँमै मासु बिक्री गर्न थाले

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।

भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ ।

‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन् ।

उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको जानकारी दिए ।

बजारमा खसीको मासु बिचौलियाका कारण महंगो भएको भन्दै गुरुङले नेपालगञ्जबाट ल्याएर भए पनि सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको बताए । उनका अनुसार भाटभेटनीका सबै स्टोरबाट ८५० रुपैयाँ केजी मै खसीको मासु किन्न पाइन्छ ।

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:४२

  काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३०

  काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:२७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २३:१७

काठमाडौँ,३१ वैशाख । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५९

  काठमाण्डौँ, ३१ वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास...

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

क्रिप्टोकरेन्सी र सट्टेबाजीमा २ अर्ब १ करोड...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:२१

    काठमाडौं । प्रहरीले विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी...