CG Electronics
IME Life
Ncell NPL

सरकारले शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित रड (फलामको डण्डी) बिक्रीवितरणमा रोक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित रड (फलामको डण्डी) बिक्रीवितरणमा रोक लगाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार सो कमपनीको रडको गुणस्तर परीक्षणमा गुणस्तर कमजोर पाइएपछि बिक्रीवितरणमा रोक लगाएको हो । विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको छ ।

विभागका अनुसार जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएको छ । विभागका अनुसार गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गरेके र मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाएएको हो । उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०।३० प्रतिशत ९म्याम्स० हुनुपर्नेमा ०।३५ प्रतिशत, सल्फरको मान ०।०५५ प्रतिशत हुनुपर्नेमा ०।०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले उक्त परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागले जानकारी दिएको छ ।

जगदम्बा स्टिल्सको गम्भिर लापरबाही स् १६ एमएमको जगदम्बाको रड पिटिक्क(पिटिक्क भाँचियो
विभागले उक्त व्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिदै बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउन भनेको छ । विभागको निर्देशनअनुसार निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका रड फिर्ता लिनु पर्नेछ । विभागले कम्पनीलाई ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम ९१६० अनुसारको कारबाही किन नगर्ने रु कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण तथा सुधारका लागि सही कार्यसहित विभागमा पेस गर्नू,’ भन्दै १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पत्र पनि लेखेको छ ।

जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै रहेको विभागले उल्लेख गरेको छ । सल्फर, कार्बन जस्ता केमिकलको मात्रा बढी हुँदा रड कडा बन्छ र रडमा डक्टिलिटी ९नरमपना वा तन्किने शक्ति० कम हुँदा बंग्याउँदा भाँचिन्छ । जगदम्बाका रडमा यस्तो समस्या पहिलेदेखि नै देखिदै आएको छ ।

पछिल्लोे समय काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाही माग गर्दै निवेदन दिएपछि विभागले परीक्षण गरेको थियो । डण्डी न्यून गुणस्तरको पाइएपछि कारबाही अघि बढाएको र स्पष्टीकरण चित्तबुझ्दो नभए विभागले थप कारबाही अघि बढाउने र उद्योगको इजाजतसमेत रद्द गर्न सक्नेछ । चित्तबुझ्दो जबाफ आए सुधारको अवसर पनि दिन सकिने विभागले जनाएको छ ।

फलामको डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा भने सधै प्रश्न उठ्दै आएको छ । जसका कारण उपभोक्ताले विभिन्न मानसिक तनाव बेहोर्दै आएका छन् । आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दावी गर्ने जगदम्बा स्टिल्सले चरम लापवाही गर्दै आइरहेको छ । मानिसले जिन्दगीभरको कमाई हालेर घर बनाउन लाग्दा गुणस्तरीय सामान प्रयोग गर्न चाहन्छ । अझ घरको मेरुदण्ड भनेको घरमा प्रयोग हुने फलामे रड नै हो जसले घरलाई मात्रै होइन उक्त घरमा बस्नेलाई पनि जुनसुकै विपत्तिबाट बचाउन सक्छ । तर त्यही मेरुदण्ड कमजोर भयो भने मानिसले कति तनाब भोग्नु पर्दछ ।


हो त्यस्तै तनाव अहिले जगदम्बा स्टिलका छड प्रयोग गर्ने बोहोराटार खरिबोटका उपभोक्ताले भोग्नुपरेको छ राजधानीको बनस्थली बोहोराटारमा घर निर्माण गरेका गोरखाका श्रीकृष्ण भट्टराई आफ्नो बनाउदै गरेको घरमा जगदम्बा स्टिलस्का छड पिटक्क पिटक्क भाचिन थालेपछि त्यस्तै तनाबमा परेका हुन् । ३ तल्लाको घर सम्पन्न गर्न लागिसके किा भट्टराईले लकडाउनका बेला पनि नियमित निर्माण जारी रहेको घरमा साउन २८ गते विहान बेण्डीङ गर्न लागिएका १६ एमएमको जगदम्बाको रड पिटिक्क भाँचिएपछि अन्य रडहरु पनि चेक गर्दा त्यसरी नै भाँचिए । रड मात्रै भाँचिएनन् रडसँगै उनको मन पनि भाँचियो । उनले आफूले रड ल्याएको डिलरमा फोन सम्पर्क गरेर रड भाँचिएको बारे जानकारी गराए, त्यसपछि कम्पनीको हेड अफिसमा पनि जानकारी गराए र प्राविधिक सहितको टिम समेत आयो । प्राविधिक इन्जीनियरको टिम आएपछि उनीहरुकै सामुन्ने रड भाँचिएको देखाइयो र भनियो गुणस्तरप्रति शंका लाग्यो अब जगदम्बा रड प्रयोग गरेर बनाईएका घरहरु के गर्ने रु तर कम्पनीका अधिकारी र इन्जीनियर प्राविधिकले आफ्नो सामान गुणस्तरीय भएको कुरा दोहोर्याउँदै बेण्डिंग गर्न नजानेर हो कि भनेर टार्ने कोशिष गरे ।

पीडित भट्टराईले आफूले बनाएको घरमा प्रयोग गरिएको सम्पुर्ण डण्डीहरुमाथि अब शंका लागेको र विश्वास गर्न नसक्ने बताएका छन् । उनले आफू अब यस्तो घरमा बस्न नसक्ने र त्यो घर कम्पनीले लिइदिनुपर्ने माग गरे । कम्पनीले उचित न्याय दिनेतर्फ कदम नचाले आफू कानुनी उपचारमा जाने उनले बताए । भट्टराईसँगै जगदम्बाकै रड प्रयोग गरेर घर निर्माण गरिरहेका स्थानिय तुलसीराम तिवारी, निर्माणको ठेक्का लिएका अरुण पाण्डे र अन्य प्रत्यक्षदर्शीले सामान नै गुणस्तरहीन भएको बताए ।

तिवारीले आफ्नै सिफारिसमा श्रीकृष्णले जगदम्बाको रड प्रयोग गरेको तर मंगलबार उक्त रड्कै कारण भर्खर निर्माण सम्पन्न हुन लागेको आफ्नो घर भत्काउने कि के गर्ने दोधारमा रहेको बताए उनले तुरुन्तै जगदम्बा रडलाई सरकारले कारवाही गरि आफुहरुलाई क्षतिपुर्तिको माग गरे । उक्त घटनापछि जम्मा भएका दर्जनौ स्थानीय प्रत्यक्षदर्शीले आफूले फलामको डण्डी काँचको डण्डी झैं भाँचिएको देख्दा आश्चर्यचकित भएको बताए । उनीहरुले कम्पनीले प्रयोग गरेको कच्चा पदार्थ देखि उत्पादन र गुणस्तरका सबै कुरा छानवीन गरी प्रतिवेदन सार्वजनीक गर्न र यसको कानुनी प्रक्रियाबाट छानवीन र कार्वाही गर्नुपर्ने बताए । घर निर्माणको काममा १० वर्षदेखि संलग्न ठेकेदार र कामदारहरुको भनाईमा अहिलेसम्म यसरी १६ एमएमको रड भाँचिएको पहिलोपटक देखिएको हो । अहिलेसम्म सो घरमा जगदम्बाको रड मात्रै लाखौको प्रयोग गरिसकेका पीडित भट्टराई अब आइन्दा आफूले जगदम्बा रड प्रयोग नगर्ने बताउँदै अरुलाई पनि प्रयोग नगर्न सुझाव दिन्छन् ।

 


यसअघि पनि जगदम्बा रडको गुणस्तरका विषयमा विभिन्न टिप्पणीहरु आउने तथा रड भाँचिएको समाचारहरु आउने गरेका थिए । तर कम्पनीले शक्तिको भरमा यस्ता प्रतिक्रियाहरुलाई कुल्चँदै आएको पीडितहरुको भनाई छ । स्वयम्भू सानो भर्याङस्थित डी।पी हार्डवेयरबाट २० लाख भन्दा बढिको डण्डी किनिसकेका उनले पछिल्लो पटक मात्रै २ लाख ४२ हजारको डण्डी किनेका थिए । डण्डी मर्काउँदा भाँचिन थालेपछि उनले कम्पनी र सम्बन्धित निकायमा खबर गरे । कम्पनीबाट मार्केटिङ म्यानेजर भरत श्रेष्ठ प्राविधिक टोली लिएर घटनास्थल बोहोराटार पुगेका थिए । तर उनले कमजोरी स्वीकार गर्न तयार भएनन् । बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए । उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड भाँचेर देखाउँदा समेत नपत्याएको प्रत्यक्षदर्शीको भनाई छ । कम्पनीबाट आएको टोलीले त हामीले मर्काउन नजानेको पो भने’ एक जना कामदारले भने, ‘८–९ वर्ष भयो निर्माण क्षेत्रमा काम गर्दै हिडेको, अहिलेसम्म यस्तो कमशल रड देखेको थिईन ।’ अन्तत भट्राईले उजुरी दिएपछि अहिले विभागले कम्पनीमाथि एक्सन लिदैं विक्रिवितरण गर्दै रोकेको हो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...