nic bank
Nmb bank
Machhapuchchhre Bank

नेपालले किने भ्याटबाहेक ८५ करोड रुपैयाँमा रेल : रेल विभाग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका पानी जहाज र रेल सञ्चालन गर्ने भनेर भाषण गरेका थिए । आज उनै प्रधानमन्त्री ओलीले गरेका भाषणले सार्थकता पाउँदै छन् ।

कुर्था–जनकपुरधाम र भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज ९शुक्रबार० नेपाल आइपुग्दैछ । धेरै लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन नेपाल ल्याइदैँछ ।

योे रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ । रेल सञ्चालनका लागि करिब २ महिना समय लाग्ने छ ।

नेपाल आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलको भाडा ४ देखि ५ सय रुपैयाँ भाडा प्रस्ताव गरिएको छ ।

रेलवे कम्पनीको महाप्रबन्धक गुरु प्रसाद भट्टराईले रेल सञ्चालनका लागि १्२ महिना समय लाग्ने र कोरोनाको महामारी सकिएपछि रेल सञ्चालन हुने बताए ।

उनले भने, ‘हामीले मन्त्रालयलाई भाडा तोकेर निर्धारणको लागि पठाएका छौं । नेपालमा आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलमा ४ सयदेखि ५ सयसम्म हुने गरी प्रस्ताव पठाएका छौं । सायद यो भाडा रेट परिवर्तन हुँदैन होला ।’

नपाल आउँदै गरेको रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ । विभागका अनुसार उक्त रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । रेलमा दुबैतिर इन्जिन भएकोले फर्काइराख्नु पर्दैन ।

सो रेलको स्पिड प्रतिघण्टा ११० किलोमिटर रहेको छ । भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको रेल विभागले जानकारी दिएको छ ।

 

Namaste Pay successfully conducted different activities on Global Money Week 2024

Namaste Pay successfully conducted different activities on...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:२५

Kathmandu, 17 th Chaitra: Namaste Pay successfully conducted various activities...

‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको समिक्षा सार्वजनिक, ८० हजार जनाको सहभागिता

‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:१६

  चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को...

एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०३

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको...

चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५९

  काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास...

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

  काठमाडौं । जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको...

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक : मन्त्री अधिकारी

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०५

  काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...