CG Electronics
IME Life
NIMB

नेपालले किने भ्याटबाहेक ८५ करोड रुपैयाँमा रेल : रेल विभाग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका पानी जहाज र रेल सञ्चालन गर्ने भनेर भाषण गरेका थिए । आज उनै प्रधानमन्त्री ओलीले गरेका भाषणले सार्थकता पाउँदै छन् ।

कुर्था–जनकपुरधाम र भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज ९शुक्रबार० नेपाल आइपुग्दैछ । धेरै लामो समयदेखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः सञ्चालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन नेपाल ल्याइदैँछ ।

योे रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ । रेल सञ्चालनका लागि करिब २ महिना समय लाग्ने छ ।

नेपाल आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलको भाडा ४ देखि ५ सय रुपैयाँ भाडा प्रस्ताव गरिएको छ ।

रेलवे कम्पनीको महाप्रबन्धक गुरु प्रसाद भट्टराईले रेल सञ्चालनका लागि १्२ महिना समय लाग्ने र कोरोनाको महामारी सकिएपछि रेल सञ्चालन हुने बताए ।

उनले भने, ‘हामीले मन्त्रालयलाई भाडा तोकेर निर्धारणको लागि पठाएका छौं । नेपालमा आउँदै गरेका २ रेलमध्ये एसी नभएको रेलको भाडा लोकल लेबलमा ७५ रुपैयाँ र एसीयुक्त रेलमा ४ सयदेखि ५ सयसम्म हुने गरी प्रस्ताव पठाएका छौं । सायद यो भाडा रेट परिवर्तन हुँदैन होला ।’

नपाल आउँदै गरेको रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ । विभागका अनुसार उक्त रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । रेलमा दुबैतिर इन्जिन भएकोले फर्काइराख्नु पर्दैन ।

सो रेलको स्पिड प्रतिघण्टा ११० किलोमिटर रहेको छ । भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको रेल विभागले जानकारी दिएको छ ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...