मृत अवस्थामा फेला
Sunday Sep 20, 2020
वि.सं.२०७७ असोज ४ आइतवार २०:०१
काठमाडौं । दोलखा, शैलुङ गाउँपालिका-८ कोभिण्डे बस्ने ४३ वर्षीय खड्गबहादुर थपलिया शनिबार मृत अवस्थामा फेला परेका छन् । घरबाट कसैलाई नसोधी शुक्रबार हिँडेका उनी घरदेखि करिब ५ सय मिटर टाढा पाखखर्क भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-१४ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालस्थित नहरमा सोही अस्पतालका कर्मचारी बारा सिमरा घर भएका ३२ वर्षीय सुरेश मिश्र शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-८ पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुना देवी सुनार शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।