मुख्य खबर

डलर साट्ने भन्दै नगद पाँच लाख रुपैयाँ ठगी

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २२:०१ मा प्रकाशित


भक्तपुर । डलर साटने भन्दै काठमाडौं धापासी बस्ने गोरखा मसेल गाउँपालिका(९ घर भएका ३० वर्षीय सुदर्शन थापाको साथबाट नगद ५ लाख रुपैयाँ बिहीबार दिउँसो ठगी भएको छ ।
सुजन नाम बताउने पुरूष समेत ३ जनाले डलर साट्ने भनी थापालाई सूर्यबिनायक नगरपालिका(२ बालकोटस्थित रोज भिलेजमा बोलाई उनको साथमा रहेको नगद लिई कालो निलो बुट्टे रुमालभित्र खैरो प्लाष्टिकमा सेतो कागजको टुक्राको पोको दिई हाल नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको बताइएको छ ।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।