nic bank
himalayan everesat
Nmb bank

 गोंगबुबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित पक्राउ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु शिवमन्दिर नजिकबाट नियन्त्रित लागूऔषध २५ एम्पुल डाईजेपाम, २६ एम्पुल फेनारेगन र २६ एम्पुल नुर्फिन सहित काठमाडौं सामाखुसी बस्ने तनहुँ खैरनीटार नगरपालिका-७ घर भएका ३२ वर्षीय मनोज गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङले लागूऔषध सेवन तथा बेचबिखनको लागि साथमा बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ शान्ती बनबाटिका डेरा गरी चितवन भरतपुर महानगरपालिका-९ घर भएका २८ वर्षीय दिनेश गुरुङलाई करिब ८ सय ५५ ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-९ स्थित सिमराहा बोर्डरबाट नियन्त्रित लागूऔषध २ सय ९६ पिस डाइलेक्स डिसी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी देउरीबाट गस्तीमा खटिएको प्रहरीले खेतको आलीमा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राह चोकबाट करिब ५ किलो अवैध लागूऔषध अफिम जस्तो वस्तु सहित २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा साबिक थवाङ गाबिस-५ बस्ने ४६ वर्षीय कर्म कुमार बुढा र उनकै श्रीमती ४६ वर्षीया राजकुमारी रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनीहरुलाई जाँच गर्दा उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...