CG Electronics
IME Life
NIMB

कोरोना कहर :- २९०० बैंकर कोरोनाबाट संक्रमित,कुन बैंकका कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कोरोना कहरका कारण सबैभन्दा प्रताडित छन् फ्रन्टलाइनमा खटिएकाहरु । स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरुदेखि बैंकरहरुसमेत कोरोना संक्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हिजोसम्ममा संक्रमितहरुको संख्या ८६ हजार ८२३ जना रहेको छ । जसमध्ये उपचारपछि ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् । कोरोनाकै कारण हालसम्म नेपालमा ५३५ जनाले ज्यान गुमाइसकेका छन् ।
जसमध्ये सबैभन्दा धेरै चाहिँ सुरक्षाकर्मीहरु छन् । फ्रण्टलाइनमा खटिँदै आएका सुरक्षा निकायका ८ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको हो । संक्रमितमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका मात्रै ४ हजार ४ सय २३ जना छन् । तीमध्ये १ हजार ७ सय २६ जना सक्रिय संक्रमित छन् भने २ हजार ६ सय ९७ जना डिस्चार्ज भैसकेका छन् । यस्तै नेपाली सेनाका २ हजार ५ सय ९० जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८ सय ८ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन् । संक्रमणबाट सेनाका २ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलमा भने निको हुने दर बढेको छ । सशस्त्रमा १ हजार २ सय ४७ जना संक्रमित हुँदा ९ सय ९९ जना डिस्चार्ज भएका छन् । २ सय ४८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रधान कार्यालयकै ३ सय १ जना, उपत्यकाका ५ सय ९७ जना, प्रदेश १ का १ सय ४३ जना, प्रदेश २ का ८४ जना, बागमती प्रदेशका १ सय ३४ जना, गण्डकी प्रदेशका १ सय ३४ जना, प्रदेश ५ का १ सय ७६ जना, कर्णाली प्रदेशका ४१ जना र सुदूरपश्चिम प्रदेशका ९५ जना सक्रिय संक्रमित छन् । यस्तै स्वास्थकर्मीहरुमा पनि संक्रमण बढ्दो छ ।
यस्तै ठाउँहरुमध्ये बैंकहरुमा पनि कोरोनाको जोखिम बढिरहेको कुुरा दिनहुँ दर्जनौंको संख्यामा बैंकका कर्मचारी संक्रमित भएबाट पुष्टि हुन्छ । अहिले ग्लोबल आइमएमई बैंकका अध्यक्ष चन्द्र ढकालदेखि कोरोना संक्रमणमा परेका छन् । बैंकर एशोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल समेत घरमै बसेर काम गरिरहेका छन् । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार सोमबारसम्मको तथ्याङ्कअनुसार देशभरका २ हजार ९०० बैंक कर्मचारी र उनका परिवार कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या वाणिज्य बैंकका कर्मचारी र तिनका परिवार रहेका छन् । वाणिज्य बैंकमा काम गर्ने २४०० कर्मचारी र तिनका परिवार हालसम्म कोरोना संक्रमित भइसकेका छन् ।

यस्तै, विकास बैंकका ४०० र बित्त कम्पनीका १०० कर्मचारीलाई कोरोना भएको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...