प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा
Monday Oct 05, 2020
वि.सं.२०७७ असोज १९ सोमवार १७:३२

प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् ।
सम्झोता अनुसार बैंकले स्प्यारो पेलाई भर्चुअल मेसिन उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ्ग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिंक गर्ने, ई बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ ।
























