महामारीमा आइएमईले कल्याणकारी ‘भरोसा कोश’ को स्थापना
Monday Oct 12, 2020
वि.सं.२०७७ असोज २६ सोमवार २०:४१

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।
कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ ९२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ ।
यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने छ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।
हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यस वर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यस पटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यस पटक पनि मिलाइएको छ ।
हामीले यस वर्ष पर्व लक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ ।
























