सानिमा बैंकले “बिग डिल एट सस्तो डिल” नामक नयाँ योजना सार्वजनिक
Monday Oct 12, 2020
वि.सं.२०७७ असोज २६ सोमवार २०:५२

काठमाडौं । सानिमा बैंकले “बिग डिल एट सस्तो डिल” नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई(बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कार्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।
























