CG Electronics
IME Life
NIMB

किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिकोत्सव एवं रजतजयन्ती सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिकोत्सव एवं रजतजयन्ती सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाले एक औपचारिक समारोहबीच आज९कार्तिक १७ गते० आफ्नो केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न गरेको हो ।

रजतजयन्तीको अवसर पारेर संस्थाले सञ्चालमा ल्याएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन समेत सम्पन्न भएको छ । समारोहका प्रमूख अतिथी एवं न।पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका हुन् । समारोहमा बोल्दै प्रमूख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको बताएका छन् ।

उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार १११ रुपैयाँसहित सम्मानित गरेका छन् । यसरी सम्मानित हुनेमा परोपकारी अभियन्ताका रुपमा, बर्दगोरीया गा।पा।२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरुको लागि सहाराघर सञ्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रुपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फुलखेतीमा अग्रसर बर्दगोरीया गा।पा।२ का नविन जोशी र युवा अभियन्ताका रुपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न।पा।–३ का युवा के।पी।खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको छ ।

 

यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका पुजा शाह र तृतिय हुने टीकापुरका दिक्षा तिमिल्सिना रहेका छन् । समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न।पा। वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरेका छन् ।

उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका छन् । यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरुका लागि पुरस्कार राशी क्रमशः नगद १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ३ हजार रुपैयाँ रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ‘कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

वि।सं।२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ सेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । गत आथिर्क वर्षमा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने सदस्यहरुका लागि कुल कर्जा लगाानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...