CG Electronics
IME Life
NIMB

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीच दोस्रो मेत्रीपूर्ण खेल नेपाली समयअनुसार पौने ५ बजे ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा बंगलादेशसँग २(० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने लक्ष्यमा छ । केही सिनियर खेलाडीहरु टिममा नहुनु र फिटनेसमा पनि कमजोर देखिएको नेपालले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेको थियो ।

रंगशालामा उपस्थित हजारौँ घरेलु दर्शकका कारण पनि बंगलादेश पहिलो खेलमा उत्साहित देखिएको थियो ।

दुई खेलको सिरिज भएकाले नेपाल दोस्रो खेल जित्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । नेपालका अन्तरिम मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेल जित हात पार्ने लक्ष्य रहेको बताएका छन् ।

पहिलो खेलअघि कोरोना पोजेटिभ देखिएकाले खेल्न नपाएका डिफेण्डर रजिन धिमाल कोरोना संक्रमणबाट मुक्त भएर प्रशिक्षणमा फर्किइसकेका छन् । उनले दोस्रो खेल पहिलो रोजाइमा खेल्ने सम्भावना पनि छ ।

यस्तै पहिलो खेलमा डेब्यु गरेका युवा खेलाडीहरु विकास खवास, एरिक विष्ट र दर्शन गुरुङको प्रदर्शन नेपालको लागि सकारात्मक विषयको रुपमा रहेको छ । नेपाली टिममा गोलरक्षक विशाल श्रेष्ठसहित अझै ६ खेलाडीले डेब्यु गर्न बाँकी छ ।

पहिलो खेलमा सहज जित हात पारेको बंगलादेशी टोली दोस्रो खेलमा पनि उकत लय कायम राख्दै मुजिब बोर्शो फिफा अन्तर्राष्ट्रिय सिरिज ट्रफी घरमै राख्न चाहन्छ । पहिलो खेलपछि कोरोना संक्रमित भएका बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे दोस्रो खेलमा टसलाइनमा हुने छैनन् ।

२०२२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत २०२१ मा हुने समूह चरणको बाँकी खेलको तयारी स्वरुप नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल खेलिएको हो । यस्तै फिफा वरीयतामा पनि यो दुई खेलले प्रभाव पार्नेछ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...