nic bank
himalayan everesat
Nmb bank

कोरोना बीमाको दावी गरिएका पिसिआर रिपोर्ट नै नक्कली

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं : कोरोना बीमाको दावी गरिएका पिसिआर रिपोर्ट नै नक्कली आएको छ ।  कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा कम्पनीहरुमा बीमितहरुले बुझाएको पिसिआर रिपोर्टहरु मध्ये १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको प्रमाणीकरणको क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता प्रमाणि हुन नसकेको हो ।

महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीका अनुसार बीमा पुलमार्फत प्राप्त भएका ५३० वटा पिसिआर रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता पुष्टि हुन नसकेको जानकारी दिए । टेकुस्थित जनस्वास्थ्य महाशाखाले बीमा पुलबाट प्राप्त पिसिआर रिपोर्ट र सोही निकायबाट अनुमति लिई पिसिआर जाँच गर्दै आएका ल्यावबाट प्राप्त विवरण भिडाएर प्रमाणिकरण गर्दै आएको छ ।

बीमा समितिले महाशाखाबाट प्रमाणित हुन नसकेका पिसिआर रिपोर्टहरुको बीमा दावी भुक्तानी गर्न नसकिने जनाएको छ । यद्यपि सो सम्बन्धमा औपचारिक निर्णय भने गरिसकेको छैन । समितिले नक्कली पिसिआर रिपोर्ट नियमन प्रभावकारी रुपमा गरिने तथा प्रमाणित नभएका पिसिआर रिपोर्टको दावी भुक्तानी नहुने बीमा समितिका अधिकारीहरुले जनाएका छन् ।

नेपाल बीमक संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले नक्कली कोरोना पोजेटिभ रिपोर्ट माथि छानविन गर्ने र कारवाही गर्ने दायित्व सरकारको भएको बताए । उनले प्रमाणिकरण भएर आएका पिसिआर रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्ने गरिएको र पछिल्लो समय पिसिआर रिपोर्ट प्रमाणिकरण हुने दरमा बृद्धि भएको जानकारी दिए । उनले प्रमाणिकरण नभएका रिपोर्टको भुक्तानी गर्नु नहुने र त्यस्तो रिपोर्ट दिने स्वास्थ्य संस्थामाथि सरकारले कडा कारवाही गर्नुपर्ने बताए ।

कोरोना बीमा दावी बापत एक लाख रुपैयाँ पाइने भएपछि कोरोना बीमा गरेका बीमितहरुले पैसा तिरेर नक्कली कोरोना रिपोर्ट बनाउने क्रम ह्वात्तै बढेको छ । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालबाट नक्क्ली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका थिए । उनीहरुले सयौं पिसिआर रिपोर्ट नक्कली बनाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरी कानुन बमोजिमको कारवाही अघि बढाएको छ । त्यस्तै पछिल्लो पटक काठमाडौंको ह्याम्स अस्पताल र स्टार अस्प्तालबाट जारी भएका कोरोना भाइरसको परिक्षण सम्बन्धी पिसिआर रिपोर्ट समेत शंकाको घेरामा परेका छन् ।

भुल सुधारः भुल सुधारः यसअघि प्रकाशित समाचारमा प्रयोग गरिएका स्केच (नमुना) फोटोमा असावधानीबस समाचारसँग कुनै सम्बन्ध नभएको पिसिआर रिपोर्ट र सम्बन्धित चिकित्सकको हस्ताक्षर, नाम र एनएमसी नम्बर बुझिने अवस्थामा प्रकाशित हुन पुगेकोमा भुल सुधार गरिएको छ ।

 

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

वि.सं.२०८० चैत २९ बिहीवार २३:३९

    मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको...

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जिआईसीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत २९ बिहीवार २३:३६

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको...

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

वि.सं.२०८० चैत २८ बुधवार १६:३०

  हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर...

वि.सं.२०८० चैत २६ सोमवार १४:३३

  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष...

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८० चैत २५ आइतवार २१:०१

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...