CG Electronics
IME Life
NIMB

कोरोना बीमाको दावी गरिएका पिसिआर रिपोर्ट नै नक्कली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं : कोरोना बीमाको दावी गरिएका पिसिआर रिपोर्ट नै नक्कली आएको छ ।  कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा कम्पनीहरुमा बीमितहरुले बुझाएको पिसिआर रिपोर्टहरु मध्ये १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको प्रमाणीकरणको क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता प्रमाणि हुन नसकेको हो ।

महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीका अनुसार बीमा पुलमार्फत प्राप्त भएका ५३० वटा पिसिआर रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा १५ प्रतिशत पिसिआर रिपोर्टको आधिकारिकता पुष्टि हुन नसकेको जानकारी दिए । टेकुस्थित जनस्वास्थ्य महाशाखाले बीमा पुलबाट प्राप्त पिसिआर रिपोर्ट र सोही निकायबाट अनुमति लिई पिसिआर जाँच गर्दै आएका ल्यावबाट प्राप्त विवरण भिडाएर प्रमाणिकरण गर्दै आएको छ ।

बीमा समितिले महाशाखाबाट प्रमाणित हुन नसकेका पिसिआर रिपोर्टहरुको बीमा दावी भुक्तानी गर्न नसकिने जनाएको छ । यद्यपि सो सम्बन्धमा औपचारिक निर्णय भने गरिसकेको छैन । समितिले नक्कली पिसिआर रिपोर्ट नियमन प्रभावकारी रुपमा गरिने तथा प्रमाणित नभएका पिसिआर रिपोर्टको दावी भुक्तानी नहुने बीमा समितिका अधिकारीहरुले जनाएका छन् ।

नेपाल बीमक संघका सचिव तथा प्रबक्ता चंकी क्षेत्रीले नक्कली कोरोना पोजेटिभ रिपोर्ट माथि छानविन गर्ने र कारवाही गर्ने दायित्व सरकारको भएको बताए । उनले प्रमाणिकरण भएर आएका पिसिआर रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्ने गरिएको र पछिल्लो समय पिसिआर रिपोर्ट प्रमाणिकरण हुने दरमा बृद्धि भएको जानकारी दिए । उनले प्रमाणिकरण नभएका रिपोर्टको भुक्तानी गर्नु नहुने र त्यस्तो रिपोर्ट दिने स्वास्थ्य संस्थामाथि सरकारले कडा कारवाही गर्नुपर्ने बताए ।

कोरोना बीमा दावी बापत एक लाख रुपैयाँ पाइने भएपछि कोरोना बीमा गरेका बीमितहरुले पैसा तिरेर नक्कली कोरोना रिपोर्ट बनाउने क्रम ह्वात्तै बढेको छ । यसअघि नेपालगन्जस्थित भेरी अस्पतालबाट नक्क्ली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेका थिए । उनीहरुले सयौं पिसिआर रिपोर्ट नक्कली बनाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरी कानुन बमोजिमको कारवाही अघि बढाएको छ । त्यस्तै पछिल्लो पटक काठमाडौंको ह्याम्स अस्पताल र स्टार अस्प्तालबाट जारी भएका कोरोना भाइरसको परिक्षण सम्बन्धी पिसिआर रिपोर्ट समेत शंकाको घेरामा परेका छन् ।

भुल सुधारः भुल सुधारः यसअघि प्रकाशित समाचारमा प्रयोग गरिएका स्केच (नमुना) फोटोमा असावधानीबस समाचारसँग कुनै सम्बन्ध नभएको पिसिआर रिपोर्ट र सम्बन्धित चिकित्सकको हस्ताक्षर, नाम र एनएमसी नम्बर बुझिने अवस्थामा प्रकाशित हुन पुगेकोमा भुल सुधार गरिएको छ ।

 

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...