IME Life
NIMB

बुक बिल्डिङको आईपीओका लागि ४६ संस्थागत लगानीकर्तालाई अनुमति (सूचीसहित)

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङका लागि ४६ संस्थागत लगानीकर्तालाई अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको आवेदन माग गरेकामा ६२ संस्थागत लगानीकर्ताको आवेदन गरेको र जसमध्ये ४६ संस्थागत लगानीकर्तालाई योग्य संस्थाका रुपमा अनुमति दिएको बोर्डले जनाएको छ ।

“धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ विधि प्रारम्भिक सार्वजनिक निष्कासनमा लागु गर्न बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरिसकेको छ । वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्न तयारीसमेत गरिरहेको सन्दर्भमा बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा स्वीकृति लिन निवेदन पेस गर्न सूचना आह्‍वान गरेअनुरुप ६२ संस्थाहरुले निवेदन गरेका थिए । उक्त निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिकाबमोजिमको कागजात तथा विवरण पेस गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको छ,” बोर्डले जारी गरेको विज्ञप्तिमा छ ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् । जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

सूची :

QII List (1)

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...