स्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित भारतीय दुई नागरिकलाई बाराको प्रहरीले पक्राउ
Sunday Feb 07, 2021
वि.सं.२०७७ माघ २५ आइतवार २२:४५

वीरगंज । बाराको फेटा गाउँपालिका वडा नम्बर ५ जोतपुरमा चेकजाँचको क्रममा उक्त रकम बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।
बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षिय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैया बरामद गरिएको डिएसपी मिश्राले बताए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।

























