CG Electronics
IME Life
NIMB

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा कुशल प्रशासक एवं व्यवस्थापक दासलाई सम्मान प्रदान

NIMB
Himalayan Bank

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रवद्वित कुशल प्रशासक एवं व्यावस्थापक हेम बहादुर मल्ल सम्मान पुरस्कार सुनसरी जिल्लाको इनरूवा निवासी स्वास्थ्य समाजसेवी ९६ वर्षिय डा।गौरी शंकरलाल दासलाई फागुन १३ गते प्रदान गरिएको छ । यो पुरस्कार २ लाख रूपैयाँ राशीको रहेको छ ।

पुरस्कृत डा। दासलाई फुलमाला लगाई सम्मान पुर्व सचिव माधव पौडेलले, रू।२ लाखको चेक कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकुत उर्मिला श्रेष्ठले, लोगो प्रदान जनप्रशासन संघका महासचिव रामशरण चिमोरियाले प्रदान गर्नु भएको छ।

उहाँलाई आज अपरान्ह राष्ट्रपति विधादेवी भण्डारीले राष्ट्रपति निवास महाराजगन्जमा सम्मान प्रत्र प्रदान गर्नु भएको थियो। साल्ट साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपाल जनप्रशासन संघ मार्फत विगत १५ वर्षदेखि कर्पोरेशनका कुशल व्यवस्थापक हेमबहादुर मल्लको नाममा वर्षेनी एक जना कुशल व्यवस्थापकलाई सम्मान गर्दै आएको छ ।

यसपाली १६ औ सम्मान तथा पुरस्कार डा। दासलाई प्रदान गरिएको हो। सार्वजनिक प्रशासन,व्यवस्थापन तथा जनसरोकारका क्षेत्रमा अनुकरणीय संस्थागत नेतृत्व प्रदान गरि सुधार र रूपान्तरणका दिशामा उत्कृष्ट योगदान पुर्याउने व्याक्ति वा संस्थालाई रू।२ लाख नगद राशीका साथ प्रदान गरिदै आएको छ।

पुरस्कारको व्यवस्थापन र छनोट गर्ने काम नेपाल जनप्रशासन संघले गर्दै आएको छ। संघको अध्यक्ष पुर्व सचिव तथा सुचना आयोगका पुर्व अध्यक्ष कृण्ण हरि बास्कोटा रहनु भएको छ।

यसपालीको सम्मान पुरस्कार छनोट समितिमा कानुन सुधार आयोगका अध्यक्ष, पुर्व सचिव तथा पुर्व कानुन तथा सञ्चार मन्त्री माधव पौडेल, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली,पुर्व सचिव पुण्य प्रसाद न्यौपाने,पुर्व सचिव जिवनप्रभा लामा रहनु भएको थियो ।

संघको अध्यक्ष अहिले नेपाल सरकारका पुर्व अर्थ सचिव कृष्णहरि बाँस्कोटा रहनु भएको छ। हेम बहादुर सम्मान औपचारिक कार्यक्रम याक एण्ड यति होटलमा भएको थियो।

कार्यक्रममा कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धर, जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकुत उर्मिला श्रेष्ठले, पुरस्कार छनोट समितिका संयोजक पुर्व सचिव माधव पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...