८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै : नेपाल राष्ट्र बैंक
Sunday Feb 28, 2021
वि.सं.२०७७ फागुन १६ आइतवार २१:२७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुनेछ । भोलि फागुन १७ गते ३ बजे बोलकबोल भएर फागुन १८ गते ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

























