CG Electronics
IME Life
Ncell NPL

जीवन बीमा कम्पनीमा प्राईम लाइफले यसरी पिट्दैछ धमाका, छ महिनामै कमायो १९ करोड ३६ लाख

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । मुलुककै अग्रणी जीवन बीमा कम्पनीमध्येको प्राइम लाइफ इन्स्योरेन्स (कम्पनी) ले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा गरेको छ।

कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं २०६४ असार १० गते विधिवतरुपमा स्थापना भएको प्राइम लाइफ इन्स्योरेन्सले विश्वव्यापीरुमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीका बावजुत पनि १९ करोड ३६ लाख ५७ हजार रुपैया खुद मुनाफा आर्जन गरेको कम्पनीका सुचना अधिकारी राजनप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी बीमा ऐन २०४९ बमोजिम बीमकको रुपमा दर्ता भई वि.सं. २०६५ जेठ २२ गते जीवन बीमा व्यवसाय कारोवार इजाजत प्राप्त गरी व्यवसायिक कारोबार शुरु गरेको हो । बीमा समितिले तोकेको मापदण्ड अनुसार प्राइम लाइफको अधिकृत पूँजी २ अर्ब, जारी तथा चुक्ता पूँजी २ खर्ब ७९ लाख रहेको छ ।

कम्पनीको विद्यमान आर्थिक तथा वित्तिय व्यवस्थामा जारी तथा चुक्ता पूजी बोनश शेयर बांडफांड पश्चात रु २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ हुनेछ । यस्तै, उक्त पूँजीलाई प्रति शेयर एक यिका दरले दुई करोड २५ लाख ८९ हजार तीन सय १८ थान साधारण शेयरमा विभाजन गरिएकोमा हालै बसेको साधारण सभाले कम्पनिको प्रवन्ध पत्रमा शेयर व्यवस्था परिर्वतन गर्ने प्रस्ताव समेत पारी गरेको कम्पनीले जनाएको छ ।

अब प्रस्तावित शेयर व्यवस्थामा कम्पनीको जारी तथा चुक्ता पूँजी बोनश शेयर बांडफांड पश्चात दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैया हुनेछ । सो पूजीलाई प्रति शेयर एक सयका दरले दुई करोड ४१ लाख ७० हजार ५ सय ७१ थान साधारण शेयरमा समेत विभाजन गरिने भएको छ । पछिल्लो समय नागरिकको पहिलो रोजाइ बनेको प्राइम लाइफल इन्स्योरेन्सले देशका ७ वटै प्रदेशका विभिन्न जिल्लामा आफ्ना शाखा तथा उपशाखाहरु मार्फत छिटो र सहज तरिकाले सेवा दिइरहेको छ ।

प्राइम जीवन उद्धार, प्राइम लाइफ कम्बो प्लान, प्राइम लाइफ म्यादी जीवन बीमा, प्राइम सुलभ (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा, प्राइम धनसागर (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा, प्राइम जीवन सुरक्षा (सावधिक तथा आजीवन) जीवन बीमा लगाएत विभिन्न ११ वटा बीमा योजनाहरु पछिल्लो पटक नागरिको सर्वाधिक रोजाइमा परेका छन् । कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्था मिलाएको छ। एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी बिभिन्न भुक्तानीहरु यसमार्फत गर्ने जनाएको छ।

प्राइम लाइफ एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्ने पहिलो इन्स्योरेन्स कम्पनी पनि हो ।

जीवन बीमा कोष
चालु आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासिकसम्ममा कम्पनीको हाल सम्मको चुक्ता पुँजी २ अर्व ४१ करोड ७० लाख ५७ हजार रहेको छ भने गत आवको अन्त्यमा २ अर्ब ७९ लाख ३९ हजार रहेको थियो । त्यस्तै जीवन बीमा कोषमा १३ अर्ब ९ करोड ४ लाख ३ हजार रहेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को अन्त्यमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, महा विपत्ती जगेडा १४ करोड ६७ लाख ७५ हजार पहिलो आर्थिक बर्षको ६ महिनामा हुँदा गत आ.व.को १२ करोड ८९ लाख ६ हजार रुपैयाँ संचिती रहेको थियो । कम्पनिको पहिलो अर्ध बाषिकमा समयावधिमा जगेडा कोष तर्फ ६१ करोड ७२ लाख ७१ हजार रहेको छ । भने अघिल्लो आवको अन्तयमा १ अर्ब ४ करोड ४७ लाख ८१ हजार रुपैँया रहेको थियो ।

कम्पनिको स्थिर सम्पत्ति (खुद) २४ करोड ११ लाख ८ हजार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हुँदा गत आर्थिक बर्षमा २० करोड १८ लाख १३ हजार रुपैयाँ संञ्चित रहेको थियो ।

लगानी तथा कर्जा
यसैगरी चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा दिर्घकालिन लगानी तथा कर्जा १२ अर्ब ८१ करोड ०८ लाख २६ हजार हुँदा गत आर्थिक बर्षमा ८ अर्ब ५२ करोड १६ लाख १७ हजार १५१ रुपैयाँ रहेको थियो । बिमा लेखको घित्तोमा कर्जा १ अर्ब ३६ करोड ९३ लाख ३० हजार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पुग्दा गएको आर्थिक वर्षमा १ अर्ब ९ करोड २१ लाख ७३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको चालु आ.व.को पहिलो ६ महिनाको चालु सम्पति कर्जा तथा पेश्कीमा १ अर्ब ३६ करोड ७० लाख ८४ हजार भएकोमा गत आ.वमा १ अर्ब ६६ लाख ४० हजार रुपैयाँ संचिती रहेको थियो ।

आम्दानी तथा खर्च तर्फ
कम्पनीको चालु आर्थिक वर्षको पहिलो ६ महिना सम्मको कुल आम्दानी तर्फ २४ करोड ७२ लाख ४५ हजार भएकोमा गत आ.वमा २० करोड ६ लाख ८९ हजार रुपैयाँ संचिती रहेको थियो । त्यस्तै कम्पनिले यस आवको पहिलो ६ महिना सम्ममा ५ करोड ३५ लाख ८८ हजार खर्च गरेकोमा गत आर्थिक वर्ष २०७६/०७७ को अन्तयमा कम्पनीको कुल खर्च ४ करोड ४६ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीले १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ कुल नाफा गर्न सफल भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ६० लाख ५४ हजार रुपैयाँ नाफा गरेको थियो ।

आय तथा व्याय सहित कुल बचत
कम्पनीको चालु आ.व.को पहिलो ६ महिना सम्मको कुल आय तर्फ ३ अर्ब १५ करोड ४६ लाख ५८ हजार भएकोमा गत आ.वमा २ अब ५३ करोड ५७ लाख २८ हजार रुपैयाँ संचिती रहेको थियो । त्यस्तै कम्पनिले यस आवको पहिलो ६ महिना सम्ममा १ अर्ब ४३ करोड ८२ लाख ३२ हजार खर्च गरेकोमा गत आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यमा कम्पनीको कुल खर्च १ अर्ब २७ करोड १८ लाख ५० हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीले १ अर्ब ७१ करोड ६३ लाख ३५ हजार रुपैयाँ कुल बचत गर्न सफल भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब २६करोड ३८ लाख ७८ हजार रुपैयाँ कुल बचत गरेको थियो ।

५४ करोड बढी विमा भुक्तानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीले ५४ करोड २२ लाख ५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न सफल भएको छ । गत आर्थिक वर्षमा कम्पनीले ३४ करोड १२ लाख ४५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न सफल भएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको कुल दाबी भुक्तानी संख्यामा १ हजार ७२३ रहेकोमा गत आ.व.मा १ हजार ३८७ रहेको थियो ।

चालु आर्थिक वर्षमा कम्पनिको बीमा भुक्तानी हुन बाँकी रकम १ करोड ३७ लाख ७ हजार रहेकोमा गत आर्थिक बर्षको अन्तयमा भने १ करोड ६० लाख ८१ हजार रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल दाबी भुक्तानी हुन बाँकी संख्यामा ६२ रहेकोमा गत आ.व.मा ४६ सरी आएको थियो ।

बीमा शुल्क आर्जनः
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीले २० अर्ब ४७ करोड ८७ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ अर्ब ७४ करोड ५७ लाख ५७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कुल जारी बीमा लेख संख्या
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ७२ करोड ५४ लाख ९९ हजार जारी बीमा लेख संख्या रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको कुल १ अर्ब ६९ करोड ४५ लाख ४९ हजार जारी बीमा लेख संख्या रहेको थियो ।

बोनश
कम्पनीका सुचना अधिकारी राजन प्रसाद अधिकारीका अनुसार कम्पनिले प्रतिहजार वार्षिक न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म मुनाफा दिने छ । उनकाअनुसार गत आर्थिक वर्षमा कम्पनीको घोषित मुनाफा दर ३५–७५९प्रतिहजार० रहेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा कम्पनीको प्रति शेयर आम्दानी १६.०२ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ एक सय १३१ रुपैयाँ ६१ पैसा कायम रहेको छ । कम्पनिको आम्दानी मुल्य अनुपात ५०.६१ रहेकोमा कम्पनिको प्रति शेयर कुल सम्पतिको मुल्य ७२९ रुपैँया ९९ पैसा रहेको छ ।

यसै अवधिमा कम्पनिको शेयरको अधिक्तम मुल्य नौ सय रहेको थियो भने न्यूनतम मुल्य ६३२ रुपैँया रहेको थियो । दोस्रो त्रैमासमा कम्पनिको २८ लाख ७७ हजार ४९१ कित्ता शेयर किन बेच भएको कम्पनीले जनाएको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...