CG Electronics
IME Life
NIMB

साला-भेना अध्यक्ष र सीइओ बन्ने मोटामोटी सहमति सहित यी दुई बैंक गाभिने साईत यसरी जुर्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पाकिस्तानको हबिब बैंकले टीआर उपाध्याय एकाउन्टिङ फर्मले दिएको मूल्यमा चित्त बुझाए आउँदो साता सर्वाधिक चासो राखिएको नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरको औपचारिक सहमति हुनेछ।

एकाउन्टिङ फर्मले करिव तीन महिना लगाएर गरेको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (प्रतिवेदन) दुवै वाणिज्य बैंकहरुलाई हस्तान्तरण गरिसकेको छ।

व्यवस्थापन हुँदै सञ्चालक समिति पुगेको प्रतिवेदनमाथि छलफल हुन बाँकी छ। यसका लागि इन्भेष्टमेन्ट बैंकको मंगलबार सञ्चालक समिति बैठक आज मंगलबार बस्यो भने शुक्रबारसम्ममा बस्ने तयारी हिमालयन बैंकले गरेको छ।

‘इन्भेष्टमेन्ट बैंकतिरको पक्षमा खासै समस्या छैन। हाम्रो (हिमालयन) तिर हबिव र अर्को एक नेपाली समूहको कुरा मिल्न बाँकी छ। हबिब पनि खास ठूलो समस्या होइन’ स्रोतको दाबी छ, ‘समूहले ठूलो समस्या नपारेमा आउँदो साता मर्जरको औपचारिक सम्झौता हुनेछ।’

सम्झौताको दुई महिनापछि सम्पूर्ण प्रकृया सकेर एकिकृत कारोबार गर्ने योजना रहेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार, एकाउन्टिङ फर्मले इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयनको १०२ रुपैयाँ हाराहारी मूल्य तय गरेको छ।

‘यो खास ठूलो अन्तर होइन। १० प्रतिशतसम्मको अन्तर आउँदा पनि बराबरी हैसियतमा जाने भन्ने थियो। यो भनेको करिव एक-दुई प्रतिशतको अन्तर मात्र हो’ स्रोतले भन्यो, ‘त्यसैले मर्जर हुने पक्काजस्तै हो। तैपनि केही प्रवर्द्धकहरुको भूमिका कस्तो हुन्छ त्यसमा पनि धेरै कुरा निर्भर हुन्छ।’

हिमालयन बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठ समूह मर्जरको पक्षमा देखिएको छैन। त्यसैले उनीहरुले कस्तो भूमिका खेल्छन् भन्नेमा हिमालयन बैकका बाँकी प्रवर्द्धकहरु छन्। तर, राष्ट्र बैंकले प्रत्यक्ष रुपमा हेरिरहेकाले मर्जर हुनेमा दुवै बैंकका मूख्य सेयरधनीहरु विश्वस्त देखिएका छन्।

हिमालयनका अशोक राणालाई प्रमुख कार्यकारी बनाएर मर्जरमा जाने मोटामोटी तय छ। त्यसो हुँदा इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेको भूमिका के हुने भन्ने बारेमा पनि बोर्डमा छलफल हुनेछ। त्यसै आधारमा संयुक्त मर्जर समितिमा निर्णय हुनेछ। स्रोतका अनुसार, पाण्डे मर्जर सफल बनाउने सर्तमा डेपुटी प्रमुख कार्यकारी भएर काम गर्न पनि तयार छन्। तर उनलाई प्रष्ट कार्यादेश भने हुनुपर्ने छ।

सञ्चालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुनेछन्। राणा र पाँडे नातामा साला-भेना हुन्।

अहिले इन्भेष्टमेन्टले फिन्याकल सफ्टवेयर चलाउँछ भने हिमालयनले टी-२४ चलाउँछ। यसमध्ये कुनलाई निरन्तरता दिने भन्ने बारेमा पनि छलफल हुनेछ। यस बारेमा हिमालयन बैंकको सञ्चालक समितिमा पनि छलफल हुनेछ।

अहिले नेपाल इन्भेष्टमेन्ट र हिमालयनको पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ।

दुवै बैंकका सम्बद्ध स्रोतहरुका अनुसार, कर्मचारी व्यवस्थापन के कसरी गर्ने र संस्थालाई कसरी छरितो बनाउने भन्नेबारेमा छलफल हुन थालेको छ।

दुवै पुराना बैंक भएकाले कर्मचारीहरु पनि पुराना छन्। हिमालयन बैंकको तुलनामा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम छ। यसको पुनरावलोकन के कसरी गर्ने भनेर पनि छलफल भएको छ। औपचारिक सम्झौताअघि नै यी कुरा टुङ्ग्याएर एक चरण ‘स्वेच्छिक अवकाश योजना’ मा जाने दुवैबीच समझदारीजस्तो बनेको छ।

हिमालयनमा सीमित लगानीकर्ता
हिमालयन बैंकको स्थापना नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाको पहलमा भएको थियो। अहिले पनि हिमालय शमशेर बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। उनका छोरा अशोक राणा दुई दशकदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्।

हिमालयन बैंक स्थापना हुँदा उनीहरुका आफन्त र मित्रहरु गरेर चारवटा समूह बनाइएको थियो। यी चार समूहमा प्रत्येकसँग १२.७५ प्रतिशतका दरले ५१ प्रतिशत सेयर थियो।

त्यसमध्ये पहिलो समूह हिमालय शमशेर राणाको थियो, दोस्रो भीमबहादुर पाँडे तथा पृथ्वीबहादुर पाँडे, तेस्रो मोहनगोपाल खेतान र चौथो नरसिंहबहादुर श्रेष्ठ तथा आनन्दभक्त राजभण्डारीको परिवारको स्वामित्वमा भएका कम्पनी, उनीहरुका आफन्त र मित्रहरुको नाममा सेयर थियो।

बैंकको ठूलो सेयर साझेदारमध्येको एक आभा इन्टेरनेशनल कम्पनी हिमालय शम्सेर राणाको कम्पनी थियो, जुन कम्पनीसँग हिमालयन बैंकमा अहिले पनि ११.३८ प्रतिशत सेयर छ।

तर आभा इन्टरनेशनल कम्पनीमा अहिले हिमालय शमशेर राणाको प्रभाव भने घट्दै गएको छ। आभामा भएको ठूलो सेयर शशिकान्त अग्रवालको हातमा पुगेको छ भने त्यही कम्पनीको केही हिस्सा एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको हातमा पुगेको दाबी बिजमाण्डू स्रोतको छ।

हिमालय शमशेर, शशिकान्त अग्रवाल र सतिशलाल आचार्य लगायत गरेर आभामा अहिले झण्डै ५० जना सेयरधनी पुगेका छन्। तर त्यसमध्ये अहिले पनि शशिकान्त र हिमालय शमशेर बलिया छन्।

त्यसबाहेक हिमालय शमशेर राणाको क्लस्टरअन्तर्गत उनका आफन्त र मित्रहरु शर्मा एण्ड कम्पनीसँग ०.६६ प्रतिशत, इन्टरनेशनल ट्रेड लिंकसँग ०.४७ प्रतिशत, इलु शर्मा धोबीचौरसँग ०.१३ प्रतिशत, नेत्र राज्यलक्ष्मीसँग ०.०६ प्रतिशत र विजयनारायण सिंहसँग ०.०५ प्रतिशत सेयर छ।

त्यसपछि संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवार, आफन्त र मित्रले खोलेर स्थापना गरेको कम्पनी छायाँ इन्टरनेशनलसँग हिमालयन बैंकमा अहिले ८.८९ प्रतिशत सेयर छ।

जब पाँडेले इन्डोस्वेज बैंक खरिद गरे, त्यतिबेला उनले छायाँ इन्टरनेशनलको सेयर बेचे, यो सेयरमा पनि केही हिस्सा अहिले शशिकान्त अग्रवालसँग छ। त्यसबाहेक मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर पनि यो कम्पनीमा छ।

त्यसबाहेक पाँडेको क्लस्टरमध्ये शशिकान्त अग्रवालसँग आफ्नै नाममा २.६५ प्रतिशत, इन्दिरा मल्लसँग ०.१९ प्रतिशत, नयनतारा मास्केसँग ०.०२ प्रतिशत, मेनुका श्रेष्ठसँग ०.०१ प्रतिशत र स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर छ।

नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारी तथा उनका आफन्त र मित्रहरु मिलेर स्थापना गरेको कम्पनी एन ट्रेडिङसँग हिमालयन बैंकको अहिले पनि १२.७१ प्रतिशत सेयर छ। यो कम्पनी अहिले मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको स्वामित्वमा छ। त्यसबाहेक उनको क्लस्टरमा सुमन राजभण्डारीसँग ०.०४ प्रतिशत सेयर छ।

मोहनगोपाल खेतान तथा उनको परिवारको स्वामित्वमा रहेको कम्पनी म्युचुअल ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि ११.८५ प्रतिशत सेयर छ। जुन कम्पनीमा प्रेमलता खेतान सेयरधनी भएपनि अहिले सिपि खेतान र पीपी खेतानले हेर्छन्। त्यसबाहेक उनको क्लस्टरबाट हिमालयन बैंकमा मारवाडी सेवा समितिको ०.१३ प्रतिशत सेयर र अन्जु खेतानको नाममा ०.७७ प्रतिशत सेयर छ।

यो ५१ प्रतिशत सेयरबाहेक बाँकी ३४ प्रतिशत सेयर दुईवटा संस्थापक लगानीकर्तासँग छ। त्यसमध्ये एउटा कर्मचारी सञ्चय कोषसँग १४ प्रतिशत सेयर छ भने अर्को २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकसँग छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तासँग छ।

इन्भेष्टमेन्टमा को-को छन्?
हिमालयन बैंकमा जस्तो इन्भेष्टमेन्ट बैंकमा सीमित पारिवारिक लगानीकर्ताको दबदबा छैन्। तर यहाँ पनि पृथ्वीबहादुर पाँडेको प्रभाव भने बलियो छ। जतिबेला पृथ्वीबहादुरले हिमालयन बैंकमा भएको आफ्नो सेयर बेचेर क्रेडिट एग्रिकोलसँग इन्डोस्वोज नेपाल (पछि नेपाल इन्भेष्टमेन्ट बैंक नामामा बदलिएको) को सेयर खरिद गरे त्यतिबेलादेखि नै उनी बैंकमा प्रभावशाली छन्।

हिमालयन बैंकमा रहँदा पाँडेले छायाँ इन्टरनेशनल कम्पनीमार्फत सेयर लगानी गरेका थिए भने नेपाल इन्भेष्टमेन्ट बैंकमा उनले छायाँ इन्भेष्टमेन्ट प्रालि खडा गरेर लगानी गरेका थिए। बैंकमा छायाँको ६.६५ प्रतिशत सेयर छ।

इन्भेष्टमेन्ट बैंकमा ०.५० प्रतिशतभन्दा बढी सेयर भएका छायाँ जस्तै २३ वटा कम्पनीको कुल ५७ प्रतिशत सेयर लगानी छ। पाँडेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवाल प्रभावशाली सेयरधनी हुन्। उनले आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर होल्ड गर्छन्। तर उनले बोर्डदेखि व्यवस्थापनसम्म कहिल्यै पनि दख्खल दिँदैनन्।

शशिकान्त अग्रवालपछि सांघाई परिवार, टिवडेवाला, पञ्चकन्या र मर्कन्टाइल इन्भेष्टमेन्ट लगायतको पनि बैंकमा सेयर लगानी छ। तर बैंकमा उनीहरुको पनि दख्खल भने ज्यादै कम छ।

इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी भने राष्ट्रिय बीमा कम्पनी हो। यो कम्पनीसँग १२.१५ प्रतिशत सेयर छ भने राष्ट्रिय बीमा संस्थानसँग १.१४ प्रतिशत र नागारिक लगानी कोषसँग २.६३ प्रतिशत सेयर छ। यसबाहेक बैंकमा सर्वसाधरण सेयरधनीको ३१ प्रतिशत सेयर छ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...