nic bank
himalayan everesat
Nmb bank

लौ यसरी हेर्नुहोस् त,पक्कै तपाईलाई रूरूको आइपीओ पर्या हुनसक्छ,कतिले पाए कतिको हात भयो रित्तो ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज बिहान विक्री प्रबन्धक एनएमबी क्यापिटलमा बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार आवेदन दिनेमध्ये भाग्मानी ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका छन् भने ७ जनाले थप १ कित्ता पाएका छन् । १५ लाख ५२ हजार ९८०जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए । कुल आवेदनमध्ये रीत नपुगेका ८३ हजार ६९० आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । सदर भएका १५ लाख ९० हजार ८९६ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले गत महिनादेखि आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर , विक्री प्रबन्धक एनएमबी क्यापिटल र रुरु जलविद्युतको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति

डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१६

काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले...

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ : मन्त्री भण्डारी

नेपाल–चीनबिचको आर्थिक सम्बन्ध हिमाल जस्तै अटल छ...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१२

  काठमाडौं । काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर...

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार !

एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार...

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:१०

  काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष...

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...