nic bank
himalayan everesat
Nmb bank

आज पाथिभारा माताको दर्शनसँगै जेष्ठ २५ गतेको राशिफल

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

आजको राशिफल ( ब्बवबपय च्बकजषब
२०७८ जेठ २५ गते, मंगलवार, ८ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि ९११ः४० बजेदेखि चतुर्दशी०। भरणी नक्षत्र, प्रातः ६ः२८ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १३ः०७ बजेदेखि वृष।
उपप्रा। लक्ष्मीप्रसाद बराल ९फलितज्योतिषाचार्य० ९८४१३५२१६४

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट वा सम्पर्क हुनेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अवसर प्राप्त भए पनि वादविवादले समस्या निम्त्याउन सक्छ। कमजोर विकल्प रोज्नाले पछि परिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्राको साइत जुर्न सक्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। केही अवसर प्राप्त हुनेछन् तर स्रोत–साधन जुटाउन अधिक खर्च लाग्न सक्छ। सरसापट तथा भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा सानोतिनो यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। तत्कालको फाइदाले पछिलाई घाटा लगाउन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा दिगो काम गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने अवसर जुट्नेछ। सुरुमा मनग्य आम्दानी भए पनि दिउँसोदेखि भैपरी आउने समस्याले खर्च गराउन सक्छ। परोपकारमा जुट्न सकिनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति असहज रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा पनि केही सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसकिए पनि सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। स्रोत–साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण समयको गतिलाई पछ्याउन नसकिएला। अरूका लागि बुद्धि खर्चनुपर्ला। अध्ययनमा ध्यान दिन नसकिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। परिवारलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम गर्दा पनि अलि दुस्ख पाइनेछ। पुरानो गतिले काम बिग्रन सक्छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्नै वचन पालना गर्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउनेछ। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

वि.सं.२०८० चैत १३ मंगलवार २०:०४

  काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ...

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण...

वि.सं.२०८० चैत १ बिहीवार १७:०४

  ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा...

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश-मानसरोवर दर्शन

शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा...

वि.सं.२०८० फागुन २५ शुक्रवार २०:०६

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल...

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड...

वि.सं.२०८० फागुन २ बुधवार १७:५९

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत,...

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’...

वि.सं.२०८० फागुन २ बुधवार १२:४१

  धुलिखेल जिपलाइनले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।...