nic bank
himalayan everesat
Nmb bank

८ अर्ब २३ करोड बजेट भौतिक पूर्वाधार विकासमा केन्द्रीत गर्दै मकवानपुरका स्थानीय तहले ल्याए बजेट

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
काठमाडौं  ।  मकवानपुरका दश वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेका हुन् ।
गत असार १० गते मकवानपुरका सबै स्थानीय तहहरुले गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि जिल्लाका अन्य पालिकाको तुलनामा सबै भन्दा बढी २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने सबै भन्दा कम इनद्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँ, मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँ, भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजार रुपैयाँ, बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९३ हजार रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ५४ करोड ७३ लाख २० हजार रुपैयाँ, बकैया गाउँपालिकाले ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ६२ करोड ९२ लाख १७ हजार रुपैयाँ र कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षमा मकवानपुरका सबै स्थानीय तहहरुले भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएका छन् । कोरोना संक्रमण नियन्त्रण, आर्थिक विकासका कार्यक्रमहरु मकवानपुरका स्थानीय तहको बजेट र नीति तथा कार्यक्रममा प्राथमिकतामा नपरेको देखिएको छ ।
मकवानपुरका स्थानीय तहहरुले कोरोना संक्रमणको जोखिमका बीच प्रस्तुत गरेको उक्त कार्यक्रम र बजेटले कोरोना प्रभावित परिवारलाई सम्बोधन गर्न सकेको छैन् ।
यस विषम परिस्थितीमा आएको स्थानिय सरकारको नीति कार्यक्रम र बजेटले कोरोना संक्रमण न्युनिकरण र प्रभावित परिवारलाई सान्त्वना दिनु पर्ने हो तर स्थानीय तहले आगामी वर्षको बजेटमा गत वर्षहरूको अधुरा योजना पुरा गर्ने र पूर्वाधार निर्माणलाई नै जोड दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाद्वारा पूर्वाधार विकासमा कुल बजेटको ५० प्रतिशत रकम विनियोजन मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भौतिक पूर्वाधार विकासलाई नै जोड दिएको छ ।
स्थानीय तहहरुको बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखी भवन, सडक, पुल, निर्माणमा बजेट केन्द्रीत गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको कुल बजेटको ५०.१८ प्रतिशत रकम पूर्वाधार आयोजना संचालनका लागि विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले नगरसभामा प्रस्तुत गरेको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट मध्ये आर्थिक विकासमा ४.९९ प्रतिशत, शिक्षा क्षेत्रमा २४.५७ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ३.३५ प्रतिशत, वातावरण संरक्षणमा २.०९ प्रतिशत गरी विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको हो ।
जुन कुल बजेटको आधा भाग हुन आउँछ । उपमहानगरपालिकाले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण, हेटौंडा ४ मा बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण, बृहत्तर चक्रपथ निर्माण, सडक स्तरोन्नती, कर्रा करिडोर निर्माण, वडा तथा वस्ती स्तरीय पूर्वाधार योजना संचालनलाई प्राथमिकतामा राखेर कुल बजेटको आधा भाग पूर्वाधार विकासमा विनियोजन गरेको छ ।
स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री जोशी

स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं...

वि.सं.२०८० फागुन २९ मंगलवार १९:५३

  काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले...

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा सिफारिस

स्थानीय निकायको प्रशासकीय भवन सार्न कोशी सरकारद्वारा...

वि.सं.२०८० माघ २९ सोमवार १७:१६

  विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख...

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो,...

वि.सं.२०८० माघ ११ बिहीवार २३:२७

  काठमाडौं । संघीय संसद अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभामा...

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

वि.सं.२०८० माघ ११ बिहीवार २३:२१

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९...

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : वाग्मतीका चारै सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०६

  हेटौंडा । वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सीटमा...

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा...

वि.सं.२०८० माघ ११ बिहीवार २३:०३

  काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना...