CG Electronics
IME Life
NIMB

८ अर्ब २३ करोड बजेट भौतिक पूर्वाधार विकासमा केन्द्रीत गर्दै मकवानपुरका स्थानीय तहले ल्याए बजेट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौं  ।  मकवानपुरका दश वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेका हुन् ।
गत असार १० गते मकवानपुरका सबै स्थानीय तहहरुले गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि जिल्लाका अन्य पालिकाको तुलनामा सबै भन्दा बढी २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने सबै भन्दा कम इनद्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँ, मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँ, भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजार रुपैयाँ, बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९३ हजार रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ५४ करोड ७३ लाख २० हजार रुपैयाँ, बकैया गाउँपालिकाले ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ६२ करोड ९२ लाख १७ हजार रुपैयाँ र कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षमा मकवानपुरका सबै स्थानीय तहहरुले भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएका छन् । कोरोना संक्रमण नियन्त्रण, आर्थिक विकासका कार्यक्रमहरु मकवानपुरका स्थानीय तहको बजेट र नीति तथा कार्यक्रममा प्राथमिकतामा नपरेको देखिएको छ ।
मकवानपुरका स्थानीय तहहरुले कोरोना संक्रमणको जोखिमका बीच प्रस्तुत गरेको उक्त कार्यक्रम र बजेटले कोरोना प्रभावित परिवारलाई सम्बोधन गर्न सकेको छैन् ।
यस विषम परिस्थितीमा आएको स्थानिय सरकारको नीति कार्यक्रम र बजेटले कोरोना संक्रमण न्युनिकरण र प्रभावित परिवारलाई सान्त्वना दिनु पर्ने हो तर स्थानीय तहले आगामी वर्षको बजेटमा गत वर्षहरूको अधुरा योजना पुरा गर्ने र पूर्वाधार निर्माणलाई नै जोड दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाद्वारा पूर्वाधार विकासमा कुल बजेटको ५० प्रतिशत रकम विनियोजन मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भौतिक पूर्वाधार विकासलाई नै जोड दिएको छ ।
स्थानीय तहहरुको बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखी भवन, सडक, पुल, निर्माणमा बजेट केन्द्रीत गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको कुल बजेटको ५०.१८ प्रतिशत रकम पूर्वाधार आयोजना संचालनका लागि विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले नगरसभामा प्रस्तुत गरेको २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट मध्ये आर्थिक विकासमा ४.९९ प्रतिशत, शिक्षा क्षेत्रमा २४.५७ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ३.३५ प्रतिशत, वातावरण संरक्षणमा २.०९ प्रतिशत गरी विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको हो ।
जुन कुल बजेटको आधा भाग हुन आउँछ । उपमहानगरपालिकाले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण, हेटौंडा ४ मा बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण, बृहत्तर चक्रपथ निर्माण, सडक स्तरोन्नती, कर्रा करिडोर निर्माण, वडा तथा वस्ती स्तरीय पूर्वाधार योजना संचालनलाई प्राथमिकतामा राखेर कुल बजेटको आधा भाग पूर्वाधार विकासमा विनियोजन गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी...

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:०५

  काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...