७ सहकारीबाट ४४ लाख नगद र ९ तोला सुन चोर्ने गजुरेललाई प्रहरीले लगायो सिस्नुपानी
Sunday Jun 27, 2021
वि.सं.२०७८ असार १३ आइतवार १७:३२

काठमाडौं । काठमाडौंको विभिन्न सहकारी संस्थामा चोरी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोट नगरपालिका ९ का २२ वर्षीय दिपक गजुरेल रहेका छन् । प्रहरी परिसर काठमाडौं र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले काठमाडौंको गौशालाबाट गजुरेललाई पक्राउ गरेको हो । गौशलामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गजुरेलले विभिन्न समयमा विभिन्न सहकारीबाट ४३ लाख ९७ हजार ३ सय २६ रुपैयाँ, ९ तोला सुन र १/१ थान मोबाइल तथा ल्यापटप चोरी गरेका छन् । प्रहरीले उनको साथबाट सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान – १ ,घटनामा प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु वरामद भएको जनाएको छ । कहाँ कहाँबाट चोरेका थिए रकम ? १) मिति २०७७/१०/१५ गते का.जि बानेश्वर स्थित बेबिलोन उपभोक्ता सहकारी संस्था लि वाट ७,०२,६३६ ।- २) मिति २०७७/१०/२१ गते का.जि शंखमुल स्थित घर संसार उपभोक्ता सहकारी सस्थावाट २,२४,०९५ ।- ३) मिति २०७७/११/१३ गते राति का.जि गौशाला मित्रपार्क स्थित पन्च श्री वचत तथा ऋण सहकारी संस्थावाट १४,९८,४७०।- ४) मिति २०७७/११/१४ गते का.जि कोटेश्वर स्थित सिमश स्वामी वचत तथा ऋण सहकारी संस्थावाट रु २,००,००० ।- ५) मिति २०७७।१२। ४ गते बानेश्वर स्थित सन्दुक वचत तथा ऋण सहकारी संस्थावाट रु १०,१३,६२५ ।- ६) मिति २०७८।२।१३ गते मैतिदेवी स्थित जेष्ठ आइडोलोजी वचत तथा ऋण सहकारी संस्थावाट रु५,००,०००।- र १ मोवाईल र १ ल्यापटप । ७) मिति २०७८।०२।१३ गते मैतिदेवी स्थित गैथली वचत तथा ऋण सहकारी संस्थावाट रु २,५८,५०० ।- र ९ तोला सुनको गरगहना जम्मा – नगद -४३,९७,३२६ ।- ,९ तोला सुन र १ /१ थान मोवाइल र ल्यापटप

























