CG Electronics
IME Life
NIMB

कृषिप्रधान देशमै ११ महिनामै ४८ अर्बको चामल भित्रियो,आयात ६० प्रतिशतले बढ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता झनै बढ्दै गएको छ । समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ कृषि उत्पादकत्व बढाउन नसक्दा वर्षेनी परनिर्भरता बढ्दै गएको हो ।

मुख्य खाद्यान्नको रुपमा रहेको धान चामल आयात उल्लेख्य रुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षमा धान चामल आयात गत वर्षको तुलनामा ६० प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आवको ११ महिना (साउन-जेठसम्म) कुल ४८ अर्ब १२ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ । सो मूल्यमा १ अर्ब २६ करोड ६४ लाख केजी धान चामल आयात भएको भएको छ ।

चालू आवमा गत वर्षकोभन्दा १८ अर्ब बढीको धान चाम आयात भएको हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३० अर्बको धान चामल आयात भएको थियो ।

चालू आवको जेठसम्म २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा २१ अर्ब २० करोडको चामला आयत भएको थियो ।

गत वर्षको ११ महिनामा ३ लाख ९७ हजार मेट्रिक टन चामल आयात भएकोमा यो वर्ष सोही अवधिमा ६ लाख टन नाघेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस्तै, चालू आवमा १९ अर्ब ५२ करोड रुपैयाँ बराबरको धान आयात भएको छ ।

धानचामल आयातमा उच्च वृद्धि भएसँगै धरै आयात हुने वस्तुको शीर्ष १० वस्तु भित्र परेको छ । चालू आर्थिक वर्षको ११ महिनामा चामल, मकै, दाल, गेडागुडी, तरकारी, फलफूल, लगायत खाद्यवस्तु आयातमा सवा २ खर्ब बढी बाहिरसकेको विभागको तथ्यांक छ ।

बढेन धान उत्पादन

माग बढे पनि उत्पादन भने खासै वृद्धि हुन सकेको छैन । चालू आथिर्क वर्षमा ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । धान उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्याउने लक्ष्य सरकारको छ । त्यो लक्ष्य पूरा गर्न नसके पनि विगतभन्दा उत्पादन वृद्धि भएका कारण मन्त्रालयले यसलाई सकारात्मक रूपमा लिएको छ । ६० लाख मेट्रिक टन धान उत्पादन भयो भने देश धानमा आत्मनिर्भर हुने मन्त्रालयको दाबी छ ।

यो आवमा १४ हजार ५५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको जनाइएको छ ।

देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...