CG Electronics
IME Life
NIMB

कमोडिटी एक्सचेन्ज खोल्न निर्देशिकाले दियो अवसर,कस्तो छ ब्यबस्था ? के-के शर्त पूरा गर्नुपर्छ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । वस्तु विनिमय बजारसम्बन्धी ऐन र नियमावली जारी भएको चार वर्षसम्म कुनै पनि कम्पनीलाई अनुमति नदिएको नेपाल धितोपत्र बोर्डले अब भने कम्पनी खोल्नका लागि अनुमति दिने तयारी गरेको छ।

कमोडिटी एक्सचेन्ज कम्पनी खोल्न र त्यसलाई व्यवस्थित गर्नका लागि बोर्डले ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका २०७८’ जारी गरी मंगलबारदेखि कार्यान्वयन गरेको छ।

गत जेठमा निर्देशिकाको मस्यौदा सार्वजनिक गरी सरोकारवालाहरुसँग सुझाव मागेको बोर्डले मंगलबारबाट कार्यान्वयनमा ल्याएको हो। निर्देशिका जारी भएसँगै कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने बोर्डको तयारी छ।

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि कम्तीमा डेढ अर्ब र बढीमा २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ। धितोपत्र बोर्डका अनुसार वस्तु विनिमय एक्सचेन्जहरुलाई कारोबार गर्ने वस्तुका आधारमा चुक्ता पुँजी तोकेको हो।

निर्देशिका अनुसार कपास, अलैँची, जिरा, खुर्सानी, मरिच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सुर्ती, जुट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसलगायतका कृषिजन्य उत्पादनहरु, नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, आलसको तेल तथा चिनी, सख्खर, चिया, कफी, अन्डा, जडीबुटीलगायत वस्तुको विनिमय गर्ने एक्सचेन्जको चुक्तापुँजी १ अर्ब ५० करोड तोकिएको छ।

त्यस्तै आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिलजस्ता धातुजन्य वस्तु जिंक धातुजन्य वस्तु आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक रहेका छन्।

‘ग’ मा बहुमूल्य धातु जस्तै, सुन, चाँदी, प्लाटिनम र ‘घ’ मा खनिज तेलजन्य वस्तु जस्तै, कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयलको बस्तुको विनिमय गर्ने एक्सचेन्ज कम्पनीको हकमा भने चुक्तापुँजी २ अर्व हुनु पर्ने छ। वस्तु विनिमय बजार सम्बन्धी ऐन—२०७४ अनुसार नै धितोपत्र बोर्डले निर्देशिका जारी गरेको जनाएको छ।

बोर्ड प्रबक्ता निरज गिरीका अनुसार ऐन अनुसार बस्तु विनिमय एक्सचेन्जको चुक्तापुँजी तोक्ने अधिकार धितोपत्र बोर्डको रहेको छ। यसअघि सो ऐनमा बस्तु विनिमय एक्सचेन्स सन्चालनको लागि न्यूनतम चुक्तापुँजी पचास करोड रुपैयाँ तोकिएको थियो। यस्तैगरी संस्थापकहरुको कम्तीमा ५१ प्रतिशत र बढीमा शतप्रतिशत सेयर लगानी गर्ने सक्ने प्रावधान रहेको छ। त्यस्तै कम्पनीमा रणनीतिक साझेदार वा प्राविधिक सहयोग गर्ने कम्पनी भित्र्याउन सकिने र उनीहरुको सेयर ५ प्रतिशतदेखि ५१ प्रतिशतससम्म अनिवार्य रुपमा लगानी गर्नुपर्ने छ।

त्यस्तै संस्थापकहरुले यस्तो कम्पनी खोल्दा बैंक तथा वित्तिय संस्थाबाट भने ऋण सापटी गर्न पाइँदैन। उनीहरुको आफ्नै रकम राख्नुपर्ने छ। कमोडिटी बजारको नियमन नहुँदा सर्वसाधारण ठगिएको गुनासो बढेसँगै सरकारले वस्तु विनिमय बजार सम्बन्धी ऐन-२०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली-२०७४ जारी गर्दै नियमनको जिम्मेवारी पनि वोर्डलाई दिएको थियो। बोर्डले एक्सचेन्ज संचालनका लागि दुई पटक आवेदन खुल्ला गरिसकेको छ। निर्देशिका जारी भएपछि तेस्रो पटक आवेदन खुल्ला गर्ने बोर्डको तयारी छ। सरकारले आगामी आर्थिक वर्षभित्र एक्सचेन्ज संचालनमा ल्याउने बजेटमार्फत घोषणा गरेको छ। उक्त बजेटलाई कार्यान्वयन गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलले बोर्डलाई निर्देशन दिइसकेका छन्।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...