नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Tuesday Jul 06, 2021
वि.सं.२०७८ असार २२ मंगलवार ११:१३

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३३० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थीर रहेको सुन आइतबार भने तोलाको २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

























