पछिल्लो समय वाणिज्य बैंकका कर्मचारीहरुको विरोधसगैँ वणिज्य बैंकमा ४७ अर्ब निक्षेप थुप्रियो
Tuesday Jul 06, 2021
वि.सं.२०७८ असार २२ मंगलवार १७:५६

काठमाडौं । यो साता वाणिज्य बैंकका कर्मचारीहरुको विरोधसगैँ वणिज्य बैंकमा ४७ अर्ब निक्षेप थुप्रियो । तर कर्जाको माग भने निकै घटेको छ ।
असार १३ देखि १९ गतेसम्म एक सातामा बैंकका निक्षेप ४७ अर्ब रुपैयाँ संकलन भएको छ । तर कर्जाको माग भने १५ अर्ब मात्रै रहेको छ ।
असार १३ गतेसम्म बैंकमा ३९ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १८ गतेसम्म आईपुग्दा ४७ अर्ब रुपैयाँले बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यो साता कर्जाको माग १५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । असार १३ गतेसम्म बैंकमा कर्जाको माग ३६ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो ।
पछिल्लो समय कोरोना महामारीका कारण जारी निषेधाज्ञा क्रमैसँग खुकुलो बन्दै गएपनि बैंकमा कर्जाको माग भने घटेको तथ्याङकले देखाएको छ ।

























