nic bank
himalayan everesat
Nmb bank

नागढुंगा-नौबिसे सुरुङमार्ग अहिलेसम्म कति मिटर खनियो,कहिले हुन्छ पूरा ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिएको छ । मजदुरमा कोरोना देखिएपछि केही समय सुस्ताएको सुरुङमार्ग निर्माणले अहिले फेरि गति लिएको हो ।

आयोजनाका म्यानेजर नरेशमान शाक्यका अनुसार हालसम्म आयोजनाको १६ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, चालू आर्थिक वर्षमा सुरुङमार्ग अन्तर्गत २४ प्रतिशत हाराहारीमा आर्थिक प्रगति भएको उनले बताए ।

उनले हालसम्म ८०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको बताए । सुरुङको मेन टनेलतर्फ २४६ मिटर टनेल खन्ने काम सम्पन्न भएको छ । पूर्व (काठमाडौंतर्फ) ९३ मिटर टनेल खनिएको छ । पश्चिम (धादिङतर्फ ) १५३ मिटर टनेल खन्ने काम पूरा भएको छ ।

यसैगरी, स्केप टनेल अन्तर्गत हालसम्म ४५९ मिटर टनेल खन्ने काम पूरा भएको छ । जसमा पूर्वतर्फ ३०२ र पश्चिमतर्फ १५७ मिटर टनेल खन्ने काम भएको छ । यस्तै क्रस प्यासेजमा ९.५५ मिटर काम भएको छ भने अन्य फिलिङ, एप्रोच, सडक निर्माण लगायतको काम १२० मिटरमा सम्पन्न भएको शाक्यले बताए ।

उनले चालू आर्थिक वर्षमा कोभिडको कारण सोचे जस्तो काम हुन नसकेको बताए । ‘यो वर्ष कोरोनाका कारण सोचे जस्तो काम हुन सकेन्, तर, हामीले निषेधाज्ञमा पनि काम रोकेका छैनौ थोरै मजदुर राखेर भए पनि काम गरेका छौं,’ शाक्यले भने ।

कोभिडको दोस्रो लहरका क्रममा निषेधाज्ञ भए पनि नागढुंगा सुरुङमार्ग आयोजनामा निरन्तर काम भइरहेको थियो । ६५० जना जनशक्तिमध्ये ८६ जनामा कोरोना संक्रमण पाइएपछि धेरैले काम गर्न छाडेका थिए । निषेधाज्ञामा १०० जनाका हाराहारीको जनशक्तिले काम गरिरहेका थिए । हाल ५०० हाराहारीमा जनशक्ति फर्किसकेको उनले बताए । जनशक्ति फर्केसँगै कामको सिफ्ट बढाउने आयोजनामा रहेको उनले बताए ।

हाल मेन टनेलमा २ सिफ्टमा काम भइरहेको छ । स्केप्ट टनेलमा एक सिफ्टमा मात्र काम भइरहेको छ । अब चाँडै स्केप्ट टनेलमा पनि २ सिफ्टमा काम गरिने उनको भनाइ छ ।

अबको १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित फेरि सुरुङ निर्माणको कामलाई तीव्रता दिइने उनले बताए । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ६०० जनशक्ति खटाई २४ घण्टा काम गरिरहेका छ ।

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको २१ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिका अनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...