CG Electronics
IME Life
NIMB

नागढुंगा-नौबिसे सुरुङमार्ग अहिलेसम्म कति मिटर खनियो,कहिले हुन्छ पूरा ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिएको छ । मजदुरमा कोरोना देखिएपछि केही समय सुस्ताएको सुरुङमार्ग निर्माणले अहिले फेरि गति लिएको हो ।

आयोजनाका म्यानेजर नरेशमान शाक्यका अनुसार हालसम्म आयोजनाको १६ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, चालू आर्थिक वर्षमा सुरुङमार्ग अन्तर्गत २४ प्रतिशत हाराहारीमा आर्थिक प्रगति भएको उनले बताए ।

उनले हालसम्म ८०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको बताए । सुरुङको मेन टनेलतर्फ २४६ मिटर टनेल खन्ने काम सम्पन्न भएको छ । पूर्व (काठमाडौंतर्फ) ९३ मिटर टनेल खनिएको छ । पश्चिम (धादिङतर्फ ) १५३ मिटर टनेल खन्ने काम पूरा भएको छ ।

यसैगरी, स्केप टनेल अन्तर्गत हालसम्म ४५९ मिटर टनेल खन्ने काम पूरा भएको छ । जसमा पूर्वतर्फ ३०२ र पश्चिमतर्फ १५७ मिटर टनेल खन्ने काम भएको छ । यस्तै क्रस प्यासेजमा ९.५५ मिटर काम भएको छ भने अन्य फिलिङ, एप्रोच, सडक निर्माण लगायतको काम १२० मिटरमा सम्पन्न भएको शाक्यले बताए ।

उनले चालू आर्थिक वर्षमा कोभिडको कारण सोचे जस्तो काम हुन नसकेको बताए । ‘यो वर्ष कोरोनाका कारण सोचे जस्तो काम हुन सकेन्, तर, हामीले निषेधाज्ञमा पनि काम रोकेका छैनौ थोरै मजदुर राखेर भए पनि काम गरेका छौं,’ शाक्यले भने ।

कोभिडको दोस्रो लहरका क्रममा निषेधाज्ञ भए पनि नागढुंगा सुरुङमार्ग आयोजनामा निरन्तर काम भइरहेको थियो । ६५० जना जनशक्तिमध्ये ८६ जनामा कोरोना संक्रमण पाइएपछि धेरैले काम गर्न छाडेका थिए । निषेधाज्ञामा १०० जनाका हाराहारीको जनशक्तिले काम गरिरहेका थिए । हाल ५०० हाराहारीमा जनशक्ति फर्किसकेको उनले बताए । जनशक्ति फर्केसँगै कामको सिफ्ट बढाउने आयोजनामा रहेको उनले बताए ।

हाल मेन टनेलमा २ सिफ्टमा काम भइरहेको छ । स्केप्ट टनेलमा एक सिफ्टमा मात्र काम भइरहेको छ । अब चाँडै स्केप्ट टनेलमा पनि २ सिफ्टमा काम गरिने उनको भनाइ छ ।

अबको १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित फेरि सुरुङ निर्माणको कामलाई तीव्रता दिइने उनले बताए । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ६०० जनशक्ति खटाई २४ घण्टा काम गरिरहेका छ ।

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको २१ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिका अनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...