CG Electronics
IME Life
NIMB

ग्लोकल टीन हिरो २०२० मन्दिराको कथा

NIMB
Himalayan Bank

काठमाडौ । मन्दिरा श्रेष्ठ ! यो नाम २०२० को अखबार, हरेक अन्लाईन पोर्टल्समा धेरै देखियो । १९ वर्षीया मन्दिरा श्रेष्ठ, एक युवा स्वास्थ्य कार्यकर्ता एवमं अभिएन्ता र वाई वाई ग्लोकल टिन हीरो २०२० का राष्ट्रिय पुरस्कार प्राप्तकर्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टिम लीडरको रूपमा काम गरेकी छिन । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यको रूपमा पनि सक्रियरुपमा सहभागी भईरहेकी छिन । राष्ट्रिय किशोर किशोरी फोरमले उचित अवसरबाट बञ्चित छोरीहरूको अवस्था सुधार गर्न काम गर्दछ । त्यस्तै शिक्षामा महिलाको पहुचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवकको रुपमा काम गरिरहेकी छिन । स्वास्थ्य क्षेत्रमा कामको अनुभब बटुलदै उनी SRHRक्षेत्रमा प्रशिक्षकको रुपमा पनि अग्रसर छिन ।

उनी सानै उमेरदेखी सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागिरहेकी छिन । उनको बाल्यकालको दिनहरु स्मरन गर्दा उनले सानै उमेरदेखी परोपकारी भावना लिएर अरूलाई सहयोग गर्ने र सेवा गर्ने कुरामा अग्रसर रहिन । जब उनी छैठौं कक्षामा पढ्थिन, तब उनी आफ्नो स्कूलको एक बाल क्लबमा भर्ना भइन् । उनी एक सक्रिय विद्यार्थी थिइन् जसले प्राथमिक विद्यालयमा हुँदादेखि नै नयाँ चीजहरू अन्बेशन गर्दथिन । १० बर्षको कलिलो उमेरमा पहिलो पटक बाल अधिकारको क्षेत्रमा उनको सन्लग्नता प्रगाढ रुपमा अगाडि बढयो । त्यसबेलादेखीनै उनको स्वास्थ्य सक्रियताको यात्रा शुरु भयो ।

स्वास्थ्य क्षेत्र सँगसङै आफ्नो शैक्षिक ज्ञान साझा गर्न, नर्सिङ कोर्सको पहुच एवम विकास गर्न नेपाल अनलाइन स्कूल संग काम गरिरहेकी छिन । यसै गरी, उनले सम्बन्धित संगठनको सहयोगमा राष्ट्रिय बाल प्रतिनिधि र राष्ट्रिय किशोर प्रतिनिधिको रूपमा सबैको समान अधिकारको लक्ष्यका लागि वकालत गरिरहेकी छिन। यस बाहेक, उनी त्रि–पद्मा बाल क्लबको सहयोगी, एक समुदाय स्वयंसेवक, र एक SRHR ट्रेनर पनि हुन । कोभीड महामारीको क्रममा विभिन्न मिडिया मार्फत कोभीड १९ का बारेमा जागरुकता बढाउँदै बच्चाहरू र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा लागि काम गरिरहेकी छिन् । उनले यस अघि Women for Women foundation (WFWF) , नेदरल्याण्ड्स,’ ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा ट्रस्ट (आरएचईएसटी) का सह–प्रशिक्षक, को रुपमा पनि कार्य गरेकी थिन ।

उनी नेपालका सम्पूर्ण किशोरकिशोरी तथा युवा बर्गहरुकोलागी एक प्रेरणाको स्रोत बनेकी छिन । सानै उमेरमा पनि आफ्नो परिवार, समाज तथा राष्ट्रप्रती योगदान दिएर आफ्नो छुट्टै पहिचान बनाउन सफल मन्दिरा एक सकारात्मक सोचको प्रतिमुर्ती हुन् । हालसालै, मन्दिरा र क्यूआरसी का टोलीले सिन्धुपाल्चोक जिल्लाको तालामराङ, मेलम्ची, र हेलाम्बु क्षेत्रमा बाढी पीडितहरूको उद्धार अभियान सुरु गरेका छन्। स्वास्थ्य शिविरहरूको माध्यमबाट उनी पीडित र असुरक्षितलाई सिन्धुपाल्चोक प्रकोप साइटमा सहयोग गर्दैछिन् ।

उनी यौन स्वास्थ्य र प्रजनन, लैङ्गिक समानता र यौन अल्पसंख्यकहरूको पक्षमा वकालत गर्न जारी राख्न चाहन्छिन्। आफ्नो ज्ञान र क्षमताको लाभ उठाउने आशा राख्छिन् र विश्वलाई राम्रो स्थान बनाउनको लागि आफुले योग्दान दिन पछी नहत्ने बताउछिन्। उनले आफ्नो शिक्षा पूरा गरे पछि स्वास्थ्य क्षेत्रमा एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (INGO) को लागी काम गर्ने योजना बनाएकी छिन ।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...