CG Electronics
IME Life
NIMB

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भयो शुरु,१९ लाख ७७ हजार ३० कित्ता मध्ये तपाईको भागमा कति ?

NIMB
Himalayan Bank

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) आज (बुधबार) बाँडफाँट हुने भएको छ ।विक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार अहिले बिहान साढे ९ बजे लघुवित्तको आइपीओ बाँडफाँट गर्न लागिएको हो ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोष र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा २० लाख ८४ हजार जना बढीले आवेदन दिएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई १८ लाख ४८ हजार १५ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ८४ हजार ८०१ जनालाई मात्र सेयर दिन पुग्छ । आवेदन दिएका करिब ९१ प्रतिशत अर्थात् १९ लाख बढीले सेयर नपाउने देखिन्छ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...