CG Electronics
IME Life
NIMB

विदेशी लगानीको मेट लाइफ इन्स्योरेन्सले किन असुल्छ बढी ब्याज,निर्देशिकामा के छ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । बिमा कम्पनीहरूले बिमा लेख धितो राखेर बिमितहरूलाई दिने कर्जामा बैकभन्दा बढि ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरूलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरूले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् ।

हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एकल अंकमा रहेको छ । तर बिमा कम्पनीहरूले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरूमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ । यसैगरी केही कम्पनीहरूले बीमितबाट १२ प्रतिशत ब्याजदर लिने गरेको भेटिएको छ ।

सबैभन्दा बढी ब्याजदर विदेशी लगानी गरेको मेट लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले बिमितहरूबाट १२ प्रतिशत ब्याज लिँदै आएको छ । यसबाहेक राष्ट्रिय बिमा संस्थान, एसियन लाइफ र गुराँस लाइफको ब्याजदर ११ प्रतिशत रहेको छ ।

बिमा कम्पनीहरूले बिमितबाट लिने ब्याजदरलाई नियमन गर्नका लागि बिमा समितिले पहिलो पटक गत असारमा जारी निर्देशनमा ब्याजदरसम्बन्धी व्यवस्था गरेको हो । असारमा जीवन बिमा निर्देशिका जारी गर्दै समितिले बिमालेख धितोमा प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । निर्देशिकामा बिमितहरूले बिमा पोलिसी खरिद गरेको तीन वर्षपछि मात्रै बिमा पोलिसीवापत कर्जा पाउने व्यवस्था गरिएको छ । यसैगरी लगातार तीन वर्षको बिमा शुल्क भुक्तानी गरेपछि मात्रै बिमा पोलिसी धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा दिन सकिनेसमेत प्रावधान छ । यस्तो कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सञ्चालनमा रहेका १९ बिमा कम्पनीहरूले गत आर्थिक वर्षसम्ममा बिमालेख धितोमा करिब ५० अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्रिय बिमा संस्थानका सूचना अधिकारी भोलानाथ घिमिरे बिमा कम्पनीको ब्याजदर बाणिज्य बैंकको भन्दा केही महँगो भएको र यसलाई परिमार्जन गर्ने चरणमा रहेको बताउँछन् । “वाणिज्य बैंकको भन्दा हाम्रो ब्याजदर केही महँगो देखिएको छ,” उनले भने, “यसलाई छिट्टै संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”

बिमितले आफूले खरिद गरेको बिमालेख धितो राखेर तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण लिन सक्छन् । बिमालेख बाहेक अन्य धितो राख्न नपर्ने भएकाले बैंकको तुलनामा ऋण लिने प्रक्रिया सहज छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...